• २०८१ बैशाख १४ शुक्रबार

२५ वटा बाँणिज्य बैंकले पुर्याए न्युनतम चुक्ता पुँजी, तीन वटा अझै बाँकी

kharibot

काठमाडौ । सञ्चालनमा रहेका २८ वटा बाँणिज्य बैकहरु मध्येबाट २५ वटा बैंकहरुले न्युनतम चुक्ता पुंजी कायम गरेकाछन । 

राष्ट्र बैंकका अनुसार २५ वटा बैकहरुले २०७४ चैतसम्ममा न्युनतम आठ अर्ब रुपैयाँ चुक्ता पुंजी कायम गरेका हुन् । 

राष्ट्र बैंकले आर्थिक वर्ष २०७२—०७३ को मौद्रिक नीति मार्फत बाँणिज्य बैंकहरुलाई तत्कालीन चुक्ता पुंजी दुई अर्ब रुपैयाँबाट बढाएर आठ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको थियो । सोही आधारमा बैंकहरुले चुक्ता पुंजी बृद्धि गरेका हुन् । 

राष्ट्र बैंकका अनुसार २०७३ असारमा बाँणिज्य बैकहरुको कुल चुक्ता पुंजी  एक  खर्ब २२ अर्ब ५० करोड रुपैयाँ रहेको थियो भने २०७४ असार मसान्तसम्ममा यस्तो पुंजी बढेर एक खर्ब ८६ अर्ब ७० करोड रुपैयाँ पुगेको थियो । 

तर चालु आवको चैत मसान्तसम्ममा बाँणिज्य बैकहरुको कुल चुक्ता पुंजी भने बढेर दुई खर्ब २४ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यसबिचमा एभरेष्ट बैंक, सिद्धार्थ बैैक, प्राईम कर्मसियल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि बिकास बैंक, नबिल बैंक, राष्ट्रिय बाँणिज्य बैक सहितका २५ वटा बैकहरुले राष्ट्र बैंकले तोकेको न्युनतम आठ अर्ब रुपैयाँ चुक्ता पुंजी पुर्याएकाछन् । 

सिभिल बैंक, एनसीसी बैंक र बैंक अफ काठमाडौको चुक्ता पुंजी भने अझै आठ अर्ब भन्द्या तल रहेको छ । यसअघि चुक्ता पुंजी कमजोर रहेको मेगा बैंकले भने टुरिजम डेभलपमेन्ट बैंकलाई मर्ज गरी न्युनतम चुक्ता पुंजी पुर्याईसकेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै