• २०८१ बैशाख ६ बिहीबार

वोल्भरहम्पटन र कार्डिफ सिटीसँगै फुलह्यामको इङलिश प्रिमियर लिगमा बढुवा

kharibot

काठमाडौँ । फुलह्याम आउदो सिजनको इङलिश प्रिमियर लिगमा बढुवा भएको छ ।

शनिबार भएको एस्टन भिल्लाबिरुद्धको च्याम्पियनसिपको प्लेअफको फाइनल खेलमा १-० ले विजयी भएपछि फुलह्यामले प्रिमियर लिगमा आफ्नो स्थान सुरक्षित गरेको हो ।  फुलह्यामका लागि कप्तान टम केयरनीले खेलक ओएक मात्र गोल गरेका थिए । 

यस सिजनमा फुलह्याम प्रिमियर लिगमा बढुवा हुने तेस्रो टिम हो । यसअघि वोल्भरहम्पटन र कार्डिफ सिटी आउदो सिजनको प्रिमियर लिगमा प्रमोशन भइसकेका छन् ।

वोल्भरहम्पटनले अंक तालिकामा पहिलो हुदै यसअघि नै प्रिमियर लिगमा आफ्नो ठाउ सुरक्षित गरेको हो भने कार्डिफले दोस्रो स्थानमा ठाउ बनाउदै प्रिमियर लिगमा ठाउ बनाएको हो ।

यस अघि १३औ सिजन प्रिमियर लिग खेलेको फुलह्याम सन २०१३-१४ को सिजनमा रेलिगेशनमा परेर प्रिमियर लिगबाट बाहिरिएको थियो । चार सिजनपछि फेरी प्रिमियर लिगमा फर्किएको छ । फुलह्यामले सन २००१-२ सिजनमा पहिलो पटक प्रिमियर लिग खेलेको थियो । फुलह्यामले सन् २००८-९ सिजनमा सातौ स्थानसम्म पुगेर प्रिमियर लिगमा अहिलेसम्मको उत्कृष्ट पोजिसन हासिल गरेको छ । 

कार्डिफ सिटीले पहिलो पटक प्रिमियर लिगमा प्रमोशन भएर नयाँ रेकर्ड बनाएको छ । त्यस्तै प्रिमियर लिगमा प्रमोशन भएको वोल्भरहम्पटन भने यस अघि सन १९३२ देखि १९८२ को बीचमा ४ पटक प्रिमियर लिग खेलेको थिए भने सय पटक पाचौ पटक प्रिमियर लिगमा प्रमोशन भएको छ ।  

यी तीन क्लब यस सिजनमा रेलिगेशनमा :

इङलिश प्रिमियर लिग अन्तर्गत यस सिजनमा स्वान्सी सिटी, वेस्टब्रोमविच र स्टोक सिटी रेलिगेसनमा परेका छन् । 

प्रिमियर लिगमा यस सिजनमा गत बर्ष लिगमा प्रमोट भएका तिनवटै क्लब रेलिगेसनबाट जोगिएका छन् ।  यस सिजनमा न्युक्यासल युनाइटेड, ब्राइटन र हडर्सफिल्ड २०१६-१७ को च्याम्पियनसिपमा प्रमोट भएर प्रिमियर लिगमा आएका थिए भने उनीहरु तिनै क्लबले नै यस सिजनमा प्रिमियर लिगमा आफ्नो स्थान सुरक्षित गरेका छन् । 

प्रमोट भएका तिनै क्लबले आफ्नो अर्को सिजन सुरक्षित गरेको प्रिमियर लिगको इतिहासमा यो तेस्रो पटक हो । यसअघि सन २००१-०२ र २०११-१२ मा पनि प्रमोट भएका तिनै क्लबले अर्को सिजनमा आफुलाई सुरक्षित गर्न सफल भएका थिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै