• २०८१ बैशाख १३ बिहीबार

पश्चिम दाङमा झाडापखालाबाट ३५० भन्दा बढी बिरामी

kharibot

तस्बीर : रासस

तुलसीपुर । पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नं ३ र ४ मा पातेटाकुरा गाउँमा झाडापखालाका कारण ३५० बढी बिरामी परेका छन् । 

प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठका अनुसार झाडापखालाका कारण २०० भन्दा बढी बिरामी भएको खबर पाएलगतै शनिबार दिउँसो औषधिसहित स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाइएको छ । स्वास्थ्यकर्मीको टोलीले स्थानीयस्तरमा नै बिरामीको उपचार गरिरहेको छ । 

झाडापखालाका गम्भीर २३ जना बिरामीलाई थप उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा ल्याइएको छ । शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले दूषित पानीका कारण झाडापखाला लागेको बताए । स्थानीय माइली पानी मुहानको पानी उपभोग गर्दै आएका उनीहरु बिरामी परेका हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै