• २०८१ बैशाख ८ शनिबार

सरकारको नीति तथा कार्यक्रम बारे प्रधानमन्त्री ओलीले आज दुवै संसदमा जवाफ दिदै 

kharibot

काठमाडौँ  ।  सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको बैठकमा सांसदले बोल्नेक्रम सकिएकाले प्रधानमन्त्रीले आइतबार जवाफ दिने भएका छन्  । 

आइतबार बिहान ११:००  बजे प्रारम्भ हुने प्रतिनिधिसभा र अपराह्न १ बजे शुरु हुने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले बताएका छन् । 

गत सोमबार राष्ट्रपतिले संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षका निम्ति प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि दुवै सदनमा भएका छलफलमा सांसदहरुले राख्नुभएका जिज्ञासाको जवाफ प्रधानमन्त्रीले दिन लागेका हुन् ।

सरकारको नीति तथा कार्यक्रममाथि जेठ ९, १० र आज ११ गते लगातार छलफल भएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै