• २०८१ बैशाख ४ मंगलबार

रामोस भिलेन बनेपछि सलाहको यस सिजनको दुखद अन्त्य 

kharibot

काठमाडौँ । यस सिजनमा उत्कृष्ट प्रदर्शन गरेका लिभरपुलका इजिप्टियन फुटबलर मोहमद सलाहको सिजन दुखद रुपमा टुंगिएको छ ।

गएराती भएको च्याम्पियन्स लिगको फाइनल खेलमा पहिलो हाफको २८औ मिनेटमा रियल म्याड्रिडका सर्जियो रामोसले लडाएपछि घाइते भएका सलाह त्यसको दुई मिनेटपछि मैदान छोडेका थिए । 

अत्यन्त दुखि हुदै रुदै मैदान छोडेका सलाहको यस सिजनको अन्त्य दुखद भएको हो । रामोसले लडाएका सलाहको कुममा चोट लागेको छ । रामोसले सलाहलाई लडाएर मैदान छोड्न बाध्य बनाएपनि रेफ्रीले उनलाई कुनै कार्ड भने दिएनन् ।

सुरुवाती रिपोर्टका अनुसार सलाहको सोल्जर डिसलोकट भएको छ । सलाहको इन्जुरीको धक्का इजिप्टको राष्ट्रिय टिमलाई लाइगेको छ । विश्वकपको नजिक सलाहको इन्जुरीले उनि विश्वकपबाट बाहिरन सक्ने देखिएको छ । 

मैदानमा फाउल खेल्ने खेलाडीको रुपमा नाम कमाएका रामोस ला लिगामा धेरै रातो कार्ड पाउने खेलाडीको रुपमा दर्ज रहेका छन् । रामोस ला लिगाको इतिहासमै सबै भन्दा बढी १९ पटक रातो कार्ड एका छन् । रामोसले आफ्नो क्यारियरमा २४ रेडकार्ड पाउदै धेरै रेड कार्ड पाउने खेलाडीको सुचीमा तेस्रो स्थानमा रहेका छन् ।

यस सिजनको प्रिमियर लिगमा ३२ गोल गरेका सलाहले च्याम्पियन्स लिगमा १० गोल गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै