• २०८१ बैशाख १३ बिहीबार

कम्युनिष्टले सपना बेचे काँग्रेसले यथार्थ बेच्न सकेन : सुरेन्द्र पाण्डे

kharibot

काठमाडौँ । जनतासम्म विचार सिद्धान्त पुर्याउन नसकेको बताउदै काँग्रेस सांसद सुरेन्द्र पाण्डेले कम्युनिष्टले सपना बेच्न सफल  भएको र कंग्रेसले यथार्थ बेच्न नसकेको बताएका छन् ।

शनिबार सिम्जुङ्ग काठमाडौ सम्पर्क समितिले हिमचुली क्याफे म्यैपिमा कंग्रेसको गोरखा जिल्ला उपसभापतिमा मनोनित भएका सुकदेव दवाडीलाई बधाई तथा शुभकामना दिन गरिएको एक कार्यक्रममा बोल्दै पाण्डेले विश्वमा हराउदै गएको कम्युनिष्ट नेपालमा धेरै रहन नसक्ने जनाउदै काँग्रेसले निरास हुनुपर्ने अवस्था नभएको बताएका हुन् ।

उक्त कार्यक्रममा पुर्वमन्त्री तथा काँग्रेस नेता कमला पन्तले पार्टीलाई नयाँ संरचना अनुसार स्थानीय स्तर देखि नै बलियो बनाउदै लैजानु पर्ने बताएकी छन् ।

त्यस्तै गोरखा क्षेत्र नं.२ 'ख' का सांसद प्रकाश चन्द्र दवाडीले सबै जना मिलेर जादाँ मात्र अगाडि बढ्न सक्ने बताएका छन् ।

त्यसै गरी काँग्रेसका गोरखा जिल्ला सभापति हरी घलेले गोरखाका गाँउ गाँउमा वडा सभापतिहरु निश्क्रिय भएको बताउदै हिडाउने कार्यक्रम आफुसँग भएको बताएका छन् ।

उक्त कार्यक्रममा दयानिधि दवाडी,दाताराम ढकाल,झन बहादुर दवाडी, शिव लाल ढकाल, मदन बाबु दवाडी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै