• २०८१ बैशाख ११ मंगलबार

 निजगढमा एक करोड १८ लाख ५० हजारको कर्भड हल

kharibot

बारा । बाराको निजगढमा निर्माण सम्पन्न कर्भड हलको शनिवार एक कार्यक्रम गरि उद्घाटन गरिएको छ । 

पूर्व खेलकुद मन्त्रि पुरुषोत्तम पोडेल र निजगढ नगर प्रमुख सुरेश कुमार खनालले एक समारोहका बिच संयुक्त रुपमा सो भवनको उद्घाटन गरेका हुँन् ।  

२०५६ सालमा तत्कालिन खेलकुद मन्त्रि शरद सिंह भण्डारीले शिल्यान्यास गरेको सो भवन १९ वर्ष पछि सम्पन्नसँगै उद्घाटन गरिएको हो । 

निजगढका युवराज लामा राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिवमा नियुक्ती भएसँगै र सोही ठा“उ निवासी पुरुषोत्तम पौडेल खेलकुद मन्त्रि बने पछि यस कर्भड हल निर्माणका लागि थप बजेट विनियोजन भई तिब्र गति पाएसँगै सो कर्भड हल निर्माण सम्पन्न भएको थियो । 

यस कर्भड हलमा ४० फिट चौडाइँ र ८० फिट लम्वाईको ठुलो हल , दुई वटा डे«स चेन्जि¨ रुम , दुई वटा शौचालय , तीन वटा सपि¨ कम्प्लेक्स सहिँतको सटर कोठा कर्भट हल रहेको छ । 

फुटबल , दौड लगायतका ठुलो क्षेत्रफलमा खेलिने बाहिरी खेल बाहेक भित्री हलमा खेलिने भलिवल , तेक्वान्दो , टेबुल टेनिस , ब्याड मेन्टन , जुडो , कराँते अन्य मार्शल आर्टसँगै सबै किसिमका खेललाई लक्षित गरि कर्भड हलको निर्माण गरिएको छ । 

दुई कठ्ठा जमीनमा निर्माण गरिएको सो कर्भट हल निर्माण हुँनु अघि तेक्वान्दो प्रशिक्षक शंकर लामाको महत्वपूर्ण भूमिका रहेको थियो । कर्भड हल निर्माणसँगै उद्घाटनले यस भेगका खेलाडीहरुमा खुशी छाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै