• २०८१ बैशाख १२ बुधबार

अन्तर्वार्ता दिदा दिदै किन रोए बबी देओल ?

kharibot

काठमाडौं । एक समय थियो बलिवुड अभिनेता बबी देओलसँग कुनै फिल्म थिएन । फिल्ममा कम नहुदा बबी डिप्रेसनमा गएका थिए । तर ४ बर्ष फिल्मबाट बाहिर रहेपनि अहिले धमाकेदार पुनरागमन गर्दै छन् ।

बबी सलमान खानसँगको फिल्म रेस-३ मा सँगै आउदै छन् । आफ्नो फिल्मी यात्रा र दुखका दिन सम्झेर बबी हालै एक अन्तर्वार्ताका क्रममा भावुक बने । आफ्नो रेस ३ अगाडीक ओसंय सम्झिदै बबी अन्तर्वार्ता दिदा दिदै रोएका थिए । 

बबीले ४ बर्षसम्म फिल्ममा काम नपाउदा आफु रक्सीको लतमा लागेको र शरीर पनि बिग्रेको बताउदै उनी रोएका थिए । उनले आफ्ना बच्चा र श्रीमतीको कारण आफु त्यो समयबाट बाहिर निस्केको बताए ।

सन १९९५ मा बर्षात फिल्मबाट बलिवुडमा डेभ्यु गरेका बबी रातारात स्टार बनेका थिए । हरेक निर्देशक निर्माता उनलाई फिल्म साइन गराउन चाहन्थे । उनले अभिनय गरेको फिल्म सोल्जरले उनलाई थप उचाईमा पुर्याएको थियो । तर बबीले लिएको फिल्म छनोटको गलत निर्णयले उनको क्यारियर नै बिग्रिएको थियो । 

पछिल्लो ४ बर्षमा बबीले आफ्ना पिताको फिल्म यमला पगला दिवानाको सिरिजमा काम गरे । तर फिल्म उद्योगबाट कसैले उनलाई नयाँ काको लागि नबोलाएको उनको गुनासो छ । त्यसपछि उनले श्रेयस तल्पड़ेको फिल्म पोष्टर ब्वायजमा काम गरेपनि फिल्म बक्स अफिसमा सफल हुन् सकेन ।

पछिल्लो समय अभिनेता सलमान खानको सहयोगमा बबी देओलको क्यारियर नै ट्रयाकआमा आएको छ । उनले अब ठुला बजेटका फिल्ममा कम पाउन थालेका छन् । रेस ३ पछि बबी अब हाउसफुल ४ मा पनि अभिनय गर्दै छन् ।
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै