• २०८१ बैशाख १४ शुक्रबार

ब्राजिलका चर्चित फुटबलर रोनाल्डिन्होले दुई प्रेमिकासँग सँगै विवाह गर्दै 

kharibot

काठमाडौं । ब्राजिलका एक समयका चर्चित फुटबल खेलाडी रोनाल्डिन्हो फेरी चर्चामा आएका छन् । यस पटक भने रोनाल्डिन्हो खेलका कारण भन्दा पनि आफ्नो निजि जीवनका कारण चर्चामा आएका  छन ।

३८ बर्षिय रोनाल्डिन्होले एकै पटक दुई जना प्रेमिकासँग विवाह गर्न लागेका छन् । यस घि पनि उनले दुई जनासँग इन्गेजमेन्ट गरेको रिपोर्ट आएको थियो तर यसको पुष्टि हुन् सकेको थिएन । तर यस पटक भने रोनाल्डिन्हो आफैले आगामी अगस्तमा आफ्ना दुई प्रेमिका प्रिस्कीला कोलोहो र ब्रिटिजा सूजासँग विवाह गर्ने बताएका छन् । उनले गत जनवरीमा नै दुवैलाई सँगैविवाह गर्ने प्रस्ताव गरेका थिए ।

रोनाल्डिन्होले प्रिस्कीलासँग डेट गरिरहेको बेला सन २०१६ मा ब्रिटिजासँग डेट गर्न सुरु गरेका थिए । मिडिया रिपोर्टका अनुसार अहिले रोनाल्डिन्होले दुवै प्रेमिकालाई एकै किसिमको गिफ्ट किन्ने देखि दैनिक खर्चका लागि बराबर पैसा समेत दिदै आएका छन् ।

सन २०१७ मा ब्राजिलको एक म्यागजिनले रोनाल्डिन्होले दुई प्रेमिकासँग विवाह गर्ने रिपोर्ट प्रकासित गरेपछि सो म्यागजिनको निकै आलोचना भएको थियो । तर समय बित्द्दै जाँदा सो समाचारलाई रोनाल्डिन्हो आफैले सहि साबित गरिदिएका छन् ।

रोनाल्डिन्होले दुई जनासँग एकै दिन विवाह गर्ने घोषणा गरेपछि उनकी बहिनिले भने सो विवाहमा आफु नजाने बताएको ब्राजिलका मिडियाले उल्लेख गरेका छन् ।

रोनाल्डिन्होले विवाह गर्ने दुवै प्रेमिका प्रिस्किला र ब्रिटिजा रोनाल्डिन्होले फुटबल क्यारियर सुरुगरेको ब्राजिलको बेलो होरीजोंटेका रहेको बताइएको छ ।

२००५ मा बेलुन डो अर जितेका रोनाल्डिन्होले ब्राजिलका लागि ९७ खेलम ३३ गोल गरेका छन् भने पिएसजी, बार्सिलोना, एसी मिलान जस्ता क्लबबाट व्यवसायिक फुटबल खेल्दै उत्कृष्ट प्रर्दशन गरेका थिए । 

रोनाल्डिन्हो २००२ मा ब्राजिललाई विश्वकप जिताउने टिमका महत्वपूर्ण सदस्य थिए । उनले बार्सिलोनामा २०७ खेल खेल्दै ९४ गोल गरेका छन् भने मिलानमा ९५ खेल खेल्दै २६ र पिएसजीमा ८६ खेल खेल्दै २५ गोल गरेका छन् ।

ब्राजिलको क्लब फ्लुमीनेन्सेमा २०१५ मा आफ्नो अन्तिम व्यवसायीक फुटबल खेलेका रोनाल्डिन्होले राष्ट्रिय टिमबाट भने २०१३ देखि नै खेलेका थिएनन् ।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै