• २०८१ बैशाख ७ शुक्रबार

सुन्दरताको लागि घरेलु टिप्स, आफै बन्नुस् सुन्दर  

kharibot

काठमाडौँ । हामी बजारको विज्ञापनमा आकर्षित हुदै गर्दा यसले हामीलाई नकारात्मक असर गर्दछ भन्ने कुरामा अन्जान हुन खोजिरहेका हुन्छौं । व्यस्त जीवनमा अनुहारलाई ध्यान दिने समय हुदैन हामीसँग बजारको जुनसुकै ब्युटी प्रेडक्टहरु लगाउदा समस्या निम्तन सक्छ भन्ने कुरामा भने सचेत हुनुपर्दछ । 

हाम्रो किचनमा दैनिक प्रयोग हुने यस्ता चिजहरु छन जसको प्रयोगले अनुहारमा निखारता ल्याउनमा मदत गर्दछ । सबै भन्दा महत्वपुर्ण कुरा त यसको प्रयोगले नकारात्मक असर हुने संभावना ज्यादै कम हुन्छ । हामी घरायसी सामग्रीको प्रयोगबाट गोरोपन निखारता र सफाइ पाउन सकिन्छ ।  
गर्मी मौसमा धेरै मानिसको छालामा रुखोपना देखिन्छ । यस्तो अवस्थामा बदामको तेल प्रयाग गर्नु राम्रो हुन्छ । रातमा सुत्नु भन्दा पहिले बदामको तेल लगाएर सुत्ने गर्नाले बदामको तेलबाट दाग धब्बा हटाउन मदत गर्दछ र छालालाई नरम बनाउदछ । 

गर्मी महिनामा ओठमा समस्या देखिने हुदा विशेष ध्यान दिनु पर्ने हुन्छ । यसको लागि कागतिको रस, ग्लिसरिन र गुलाब जल मिसाएर मिश्रण तयार गर्ने हरेक बेलुका सुत्नेबेलामा मिश्रण लगाउने गर्नाले ओठ नरम  र गुलाबी हुन्छ । 

आँखाको मुनी आएको छ भने यो कालो धेरोलाई हटाउनको लागि काक्रो सबैभन्दा भन्दा राम्रो मानिन्छ । काक्रोलाई पातलो टुक्रा पारेर आँखामा राख्ने यसले आाखालाई ठण्डा बनाउछ र कालो धेरा हटाउन मदत गर्दछ । ।   

कहिले काही छालाहरु मरेको हन सक्छ जसले अनुहारको चमकतामा कमी ल्याउछ । यस्तो अवस्थामा मह कागति र चिनीको मिश्रण बनाएर अनुहारमा लगाउनाले छाला सफा हुन्छ र नियमित प्रयोगले छालामा निखारता पनि आउछ । 

अनुहारको चमकता हराएको छ भने घरमा नै पाइने दुध र मह मिलाएर अनुहारमा लगाउने र सुकेपछि सफा गर्ने । यसरी हप्ताको दुई पटक यसको प्रयोग गर्नाले अनुहारमा चमकता आउछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै