• २०८१ बैशाख ७ शुक्रबार

सनराइजर्स हैदरावाद आइपिएलको फाइनलमा, उपाधिका लागि चेन्नईसँग भिड्ने

kharibot

काठमाडौँ । सनराइजर्स हैदरावाद आइपिएलको फाइनलमा पुगेको छ ।

गएराती भएको दोस्रो क्वालिफायरमा कोलकोता नाइटराइडर्सलाई १४ रनले पराजित गर्दै हैदरावाद प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । हैदरावादले दिएको १७५ रनको लक्ष्य पछ्याएको कोलकोताले २० ओभरमा ९ विकेट गुमाउदै १६० रन बनाएपछि खेल १४ रनले हारेको थियो ।

हैदरावादको जितमा अफगानी बलर राशिद खानले अलराउण्डर प्रदर्शन गरेका थिए । राशिदले उत्कृष्ट बलिङ गर्दै केबल १९ रन दिएर ३ महत्वपूर्ण विकेट लिए भने धुवादार ब्याटिंग गर्दै केबल १० बलमा ३४ रनको पारी खेलेका थिए ।

कोलकोताका लागि क्रिस लिनले सर्वाधिक ४८ रन बनाए भने शुभम गिलले ३०, सुनिल नारायणले २६ र नितिस रानाले २२ रन बनाएका थिए ।

हैदरावादका लागि राशिद खानले ३, सिद्धार्थ कौल र क्रिस ब्राथवेटले २-२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाउदै १७४ रन बांएको थियो । हैदरावादका लागि रिद्धिमान शाहले सर्वाधिक ३५ रन बनाए भने राशिद खानर शिखर धवनले ३४-३४ रन बनाएका थिए । त्यस्तै सकिब अल हसनले २८ र दिपक हुद्दाले १९ रन बनाएका थिए ।

कोलकोताका बलर कुलदीप यादवले २ तथा पियुष चावला, सुनिल नारायण र शिब्हम माहिले एक एक विकेट लिएका थिए ।

उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका हैदरावादका राशिद खान खेलको म्यान अफ द म्याच बनेका थिए ।

अब यस सिजनको फाइनल खेल भोली आइतबार चेन्नई सुपर किंग्स र हैदरावादबीच मुम्बईको वान्खडे स्टेडियममा हुने छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै