• २०८१ बैशाख १४ शुक्रबार

गोरेको बयान आइतबार सकिदै, अहिलेसम्म २७ पेज लामो बयान पुग्यो

kharibot

विराटनगर ।  सुन तस्करी तथा सनम शाक्यको हत्याको अभियोगमा पक्राउमा परेका चुडामणि उप्रेती (गोरे)को जिल्ला अदालत मोरङमा आज पनि बयान जारी रह्यो । 

सो प्रकरणको मुख्य अभियुक्त मानिएका गोरेसँग आज चार घण्टाभन्दा बढी समयसम्म बयान लिइएको र आइतबार बयान सकिने सम्भावना रहेको अदालतका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी गराए । बयान सकिएपछि थुनछेकको बहस प्रारम्भ हुनेछ । 

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा गत बुधबारदेखि शुरु भएको गोरकोे बयान आज सम्ममा २७ पृष्ठमा पुगेको बुझिएको छ । 

यसैबीच, यस घटनाका मुख्य अभियुक्त भनिने गोरेलाई सहयोग गरेको अभियोगमा बिहीबार मोरङको उर्लाबारी नगरपालिका–२ का रेवन्तकुमार आचार्यलाई प्रहरीले पक्राउ गरी आज अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गराएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै