• २०८१ बैशाख ४ मंगलबार

स्टिभन स्मिथ क्यानाडामा हुने ग्लोबल टि-२० लिग खेल्ने

kharibot

काठमाडौँ । बल बिगारेको आरोपमा प्रतिबन्धमा परेका अस्ट्रेलियन पुर्वकप्तान स्टिभन स्मिथले क्यानाडामा हुने ग्लोबल टि-२० लिग खेल्ने भएका छन् । 

लिगका आयोजकले आज प्रतियोगितामा १० मर्की खेलाडीको सुचीमा स्मिथको नाम समावेश गरेपछि उनको सो लिग खेल्ने निधो भएको हो ।

स्मिथसँगै मर्की खेलाडीको सुचीमा अस्ट्रेलियन खेलाडी क्रिस लिन, पाकिस्तानी खेलाडी शहिद अफ्रिदी, श्रीलंकाका खेलाडी लातिस मलिंगा, दक्षिण अफ्रिकी खेलाडी डेभिड मिलर, र अन्य ५ वेस्टइण्डिजका खेलाडीहरु क्रिस गेल, आन्द्रे रसेल, सुनिल नारायण, डारेन सामी र डावेन ब्राभो रहेका छन् । 

क्रिकिन्फोका अनुसार मर्की सुचीमा छानिएका खेलाडीलाई एक लाख अमेरिकी डलर पारिश्रमिक दिइने भएको छ । 

६ टिमले भाग लिने यस प्रतियोगिता जुन २८ देखि जुलाई १५ सम्म हुने बताइएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै