• २०८१ बैशाख ५ बुधबार

गृहनगर चितवन पुगे सन्दीप 

kharibot

फाइल तस्बीर

चितवन । युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेले गृहनगर चितवन पुगेका छन् । आइपिएल खेलेर गत मंगलबार काठमाडौँ आइपुगेका सन्दीप शुक्रबार आफ्नो गृहनगर चितवन पुगेका हुन् ।

चितवन विमानस्थलमा कुराकानी गर्दै सन्दीपले घरेलु चितवन क्रिकेट एकेडेमीको प्रशिक्षणले नै आज आफूलाई यति ठुलो सफलता दिएको बताएका छन् । 

आईपीएलपछि पहिलो पटक चितवन पुगेका सन्दीपले परिवारसँग समय बिताउन छोट्टो समयका लागि चितवन आएको बताए । हाल चितवनको रत्ननगर चित्रसारीमा बुबाआमासँग  बस्ने सन्दीपको मुल घर भने स्याङ्जा हो । 

विमानस्थलमा सन्दीपलाई देखेपछि फोटो खिच्न र उनीसँग सेल्फी लिनेको भिड जम्मा भएको थियो । सन्दीपले अहिले समय छोटो भएकोले केही समयपछि अलि फुर्सद लिएर आउने र आफ्ना शुचिन्तकहरुसँग भेटघाट गर्ने योजना रहेको बताए ।

चितवन क्रिकेट संघले क्याम्पाचौरमा सञ्चालन गरेको प्रशिक्षणमा सन्दीपले सुरुवाती प्रशिक्षण लिएका थिए। प्रशिक्षणका क्रममा तत्कालीन राष्ट्रिय टोलीका कोच पुबुदु दाशानायकेको नजरमा परेका सन्दीपले राष्ट्रिय टीममा स्थान पाएसँगै उनले खेलेका हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । 

आईपीएलसँगै क्यारेबीयन लिग र बेलायतको लर्डस क्रिकेट मैदानमा विश्व ११ को तर्फबाट मैत्रीपूर्ण क्रिकेट खेल्ने अवसर पाएका सन्दीपले आफ्नो पहिलो प्राथमिकता राष्ट्रीय क्रिकेट नै हुने बताए । उनले भने, ‘आईएपीएल एउटा महत्वपुर्ण अवसर हो। यस्ता अवसर कमै पाइन्छ। पाएका बेलामा सदुपयोग गर्नु पर्छ। मैले त्यही गरेँ। अब सबै अनुभव देशका लागि खर्च गर्ने हो, किन कि देश पहिलो हो ।’

इङल्याण्डको लर्ड्स मैदानमा वेस्टइण्डिज विरुद्ध च्यारिटी खेल खेल्न सन्दीप आउदो साता लन्डन जादै छन्  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै