• २०८१ बैशाख ११ मंगलबार

यो साता सेयरबजारमा बिक्यो झण्डै दुई अर्बको सेयर 

kharibot

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ८३ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १९ हजार सात सय १३ कारोबारबाट एक अर्ब ९२ करोड २७ लाख ३१ हजार रुपैयाँ बराबरका ४१ लाख ३७ हजार चार सय ३० कित्ता सेयरहरु खरिदबिक्री भएका छन् । 

कारोबार रकम गत साताभन्दा ७७ दशमलव ७१ प्रतिशत बढी हो । गत साता एक सय ७६ कम्पनीहरुको कारोबार भएको थियो । जसअनुसार १४ हजार २६ कारोबारबाट एक अर्ब आठ करोड १९ लाख ४१ हजार रुपैयाँ बराबरका २३ लाख २९ हजार चार सय ४० कित्ता सेयरहरु खरिदबिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २० दशमलव ९७ अंकले घटेर अन्तिम दिन १३ सय १८ दसमलव २२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा चार दशमलव ३७ अंकले घटेर दुुई सय ७७ दशमलव ८९ अंकमा आईपुगेको छ ।

यो साता कारोबार रकम २२ करोड ८५ लाख रुपैयाँको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार भएको सेयर संख्या तीन लाख ९६ हजार कित्ताको आधारमा पनि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या ७२९ वटाको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

सातामा सर्वाधिक रकमको कारोबार भएका पाँच कम्पनीहरुमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड संस्थापक, स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेड, लक्ष्मी बैंक, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक र नेपाल बैंक रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै