• २०८१ बैशाख १४ शुक्रबार

नासाको मंगलग्रह मिसन : चन्द्रमामा तेल भरेर मंगलग्रह पुग्ने महत्वाकांक्षी लक्ष्य !

kharibot

उत्तर अमेरिका । अमेरिकी अन्तरिक्ष संस्था (नासा)ले मंगलग्रहको मिसनलाई चन्द्रमासँग जोड्ने भएको छ । अर्को वर्ष सुरु हुनसक्ने उक्त मिसनअन्तर्गत पृथ्वीबाट प्रक्षेपित रकेट चन्द्रमामा पुनः इन्धन भरेर मंगलग्रहको उडान तय गर्ने बताइएको हो । 

नासाले चाँडोमा अर्को वर्ष श्रृंखलाबद्ध रुपमा यसको तयारीस्वरुप विभिन्न रोबोटिक औजारहरु चन्द्रमामा पठानलागेको हो । चन्द्रमामा अन्तरिक्षयात्रीका लागि ‘लुनार बेस’ बनाइनेछ । यसलाई कमर्सियल लुनार पेलोड सर्भिस (सीएलपीएस) मिसन भनिएको छ ।

यसले मिसन सहयोगी उपस्थिति चन्द्रमामा हुनेछ भने वैज्ञानिक र प्राविधिक मिसनको नयाँ ढोका खोल्नेछ जसबाट अन्य ग्रहमा जीवनको खोजी गर्ने विश्वास गरिएको छ । 

नासाका अनुसार चन्द्रमामा बरफपिण्डहरुले सतहमा रकेटको इन्धनकै काम गर्न सक्नेछ । यदि नासाको सोचाइ यथार्थमा परिणत भए चन्द्रमा ठूला ठूला स्पेस मिसनको लागि ‘बस स्टप’ जस्तै महत्वपूर्ण ट्रान्जिट बन्नेछ ।  

नासाको यो मिसनको पहिलो उडान आगामी २०१९ मा सुरु हुनेछ भने यसले विभिन्न प्राविधिक सामग्रीहरु चन्द्रमाको सतहसम्म पुर्याउनेछ ।

त्यसबाट चन्द्र सतहसम्बन्धी विभिन्न डाटा संकलन गरी चन्द्र सतहको वातावरणबारे नासाले अध्ययन गर्नेछ । नासाले अर्को वर्षको मिसनमा चार वटा प्रोजेक्टहरु पठाउने तयारी गरेको छ । जसले छुट्टाछुट्टै जिम्मेवारी पूरा गर्नेछन् । 

नासाको यो मिसनको पहिलो उडान आगामी २०१९ मा सुरु हुनेछ भने यसले विभिन्न प्राविधिक सामग्रीहरु चन्द्रमाको सतहसम्म पुर्याउनेछ ।

जसमध्ये द नियर इनफ्रेयर्ड भोलाटाइल स्पेक्ट्रोमिटर सबसिष्टम (एनआईआरभीआईएसएस)ले लुनार सतहको पानीलगायतबारे अध्ययन÷खोजी गर्नेछ ।

त्यस्तै, द न्युट्रोन स्पेक्ट्रोमिटर सबसिष्टम (एनएसएस)ले सतहमुनिको हाइड्रोजनको अवस्था पत्ता लगाउनेछ । सतहमा नासाले बरफको उत्खनन गरेर पानीबारे विश्लेषण गर्नेछ ।

यसको लागि वाटर एनालाइसिस एण्ड भोलाटाइल एक्स्ट्राक्सन (डब्ल्यूएभीई) ले नमूना संकलन गर्नेछ । नासाका एक अधिकारीका अनुसार चन्द्रमाका ध्रुवहरुमा बरफको वाष्पीकरण भएकोमा अब सन्देह छैन । यसले नै रकेट फ्युलको काम गर्नसक्छ । 

नासाका अनुसार यदि सतहबाट रकेट फ्युल जेनरेट गर्न सकिए र अर्बिटसम्म लैजान सके त्यसलाई फ्युलिंग डिपोट अर्थात् इन्धन भर्ने क्षेत्रका रुपमा प्रयोग गर्न सकिन्छ । तर यसका लागि व्यावसायिक साझेदारहरु भने चाहिने नासाको निष्कर्ष छ ।

सीएलपीएस मिसनसँगसँगै नासाले पहिलो रोबोटिक स्टेपलाई चन्द्र सतहमा पुर्याउने योजना बनाएको छ । 

ससाना अवतरण मिसनपछि नासाले पहिलो ठूलो अवतारक (ल्यान्डर) सन् २०२२ मा चन्द्रमामा पठाउनेछ । जसले मानिसको समूहलाई समेत चन्द्रमामा लैजानसक्ने बताइएको छ । नासाका अनुसार यस्ता मध्यआकारका ल्यान्डरहरु सार्वजनिक—निजी साझेदारितामा बनाउन सकिनेछ । 

यसका लागि नासाले अमेरिकी व्यावसायिक स्पेस कम्पनीहरुसँग सहकार्य गर्नसक्नेछ । चन्द्रमाबारे धेरैभन्दा धेरै थाहा भएपछि नासाले मंगलग्रहको यात्रा तय गर्नेछ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै