• २०८१ बैशाख ६ बिहीबार

बेलायती विदेश सचिवलाई आर्मेनियाको प्रधानमन्त्री भन्दै यसरी झुक्याए रसियन प्रांक स्टारले !

kharibot

तस्बिर : Business Insider

युरोप । बेलायती विदेश सचिव बोरिस जोनसनलाई एक रसियालीले आर्मेनियाको प्रधानमन्त्री बनेर झुक्याएका छन् । द गार्जियनका अनुसार जोनसनलाई एलेजेई स्टोलारोभ र भ्लादिमिर कुज्नेत्सोभले फोन गरेका थिए । 

दुईमध्ये एकले आफू आर्मेनियाको प्रधानमन्त्री निकोल पशिन्यान भएको बताएका थिए । समाचारअनुसार जोनसोनले १८ मिनेटसम्म पूर्व रसियाली जासुस सर्जेई स्क्रिपलको बारेमा कुराकानी गरेका थिए । उक्त कल रेकर्ड गत हप्ता युट्युबमा पोष्ट गरिएको थियो । 

रेकर्डिंगमा जोनसनले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको क्रेमलिनले नै स्क्रिपल र उनकी छोरीमाथि केमिकल आक्रमण गरेकोमा आफू निश्चित भएको बताएका छन् । उक्त घटनाकै कारण बेलायत र रसियाबीच सम्बन्ध बिग्रिरहेको छ । 

जोनसनले कुराकानीका क्रममा उक्त घटनालाई लिएर बेलायतले पुटिनका सहयोगीविरुद्ध अझै कडा कारबाही गर्ने बताएका छन् । पछि जोनसनले यो सबै झूटो कुराकानी भइरहेको थाहा पाए । त्यसपछि उनले फोन राखिदिए । 

जोनसनको अफिसले उक्त मिथ्या कलबारे जाँच गरेको जनाउँदै प्रांक स्टारको आलोचना गरेको छ भने प्रधानमन्त्री थेरेसा मेको अफिसले पनि यसबारे अनुसन्धान गर्ने जनाएको छ । बेलायतले दुवै कमेडियनहरु रुसले प्रयोग गरेको हुनसक्ने जनाएको छ । 

जोनसनलाई जस्तै यसअघि गायक एल्टन जोनलाई पनि रसियाली प्रांक स्टारले छक्काएका थिए । सन् २०१५ मा यिनै प्रांक स्टारले जोनलाई पुटिन बनेर छक्काएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै