• २०८१ बैशाख १३ बिहीबार

हेरफेरीको तेस्रो सिरिज आउने, अक्षय, सुनिल र परवेशको जोडीले नै फेरी हसाउने 

kharibot

मुम्बई । बलिवुडको सन २००० मा बनेको चर्चित कमेडी फिल्म हेराफेरीको तेस्रो सिरिज आउने भएको छ । 

सुपरहिट कमेडी फिल्म हेर फेरीको दोस्रो सिरिज सन २००६ मा रिलिज भएको थियो । यसअघि हेराफेरीको तेस्रो सिरिजमा जोन इब्राहिम र अभिषेक बच्चनले अभिनय गर्ने भनिएपनि फिल्मको कास्ट नमिलेको भन्दै स्थगित भएको थियो । फिल्मका निर्माताहरुले फिल्ममा अक्षयकुमार, सुनिल र परवेश नै हुनुपर्ने अडान राखेपछि स्थगित भएको थियो ।  

पछिल्लो रिपोर्ट अनुसार हेराफेरीको नयाँ सिरिजमा पुरानै जोडी अक्षय कुमार, सुनिल शेठी र परवेश रावलले नै अभिनय गर्ने भएका छन् ।  

अक्षय, सुनिल र परवेशले तेस्रो सिरिजमा काम गर्न तयार भएपछि फिल्मको प्रतिक्षा गरेर बसेका लाखौ फ्यानहरु खुशी भएका छन् ।

हेराफेरी-३ लाई निर्देशक इन्द्रकुमारले निर्देशन गर्ने भएका छन् । इन्द्रकुमारले मस्ती, धमाल जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।

यस फिल्मका लेखक नीरज बोराको गत डिसेम्बरमा निधन भएपछि अब यस फिल्मलाई इन्द्रकुमारले अगाडी बढाउने भएका हुन् । यस अघिका दुवै सिरिज प्रियदर्शनले निर्देशन गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै