• २०८१ बैशाख ८ शनिबार

दाउन्नेमा रोकिराखेको यात्रुबाहक बसमा आगलागी 

kharibot

तस्बीर साभार : बासुदेव गौतम/फेसबुक

काठमाडौँ । भैरहवाबाट काठमाडौँ हिडेको यात्रुबाहक रात्री बसमा नवलपरासीको दाउन्नेमा आगलागी भएको छ । 

यात्रुहरुलाई खाना खुवाउन रोकी राखेको अवस्थामा लु १ ख ८८६४ नम्बरको यात्रुबसमा अचानक आगलागी हुदा स्थिति तनावपूर्ण बनेको थियो ।

भैरहवाबाट ८ बजे छुटेको बसमा राती साढे १० बजे आगलागी भएको थियो ।

यात्रुहरु खाना खान ओर्लिएको अवस्था भएकोले ठुलो दुर्घटनाबाट जोगिएको प्रत्यक्षदर्शीले बताएका छन् । 

सुरुवाती रिपोर्ट अनुसार बसमा डिजेल लिक भएर ब्याट्रीमा खस्दा सट भएर आगलागी भएको भनिएपनि यकिन कारण भने खुल्न सकेको छैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै