• २०८१ बैशाख १४ शुक्रबार

३३ प्रतिशत महिला केन्द्रीय समितिमा अहिले पुग्दैनन्, एनजिओको बहकावमा नलाग्नुस् – प्रधानमन्त्री ओली 

kharibot

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समितिमा महिलाको सहभागिताको विषयमा कुरा भैरहेकाले अहिले यस विषयमा कुरा नउठाउन निर्देशन दिएका छन् । 

बालुवाटारमा बसेको पार्टीको केन्द्रीय समिति बैठकलाई समोब्धं गर्दै कुनै एनजिओको बहकावमा केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सहभागिताको माग नउठाउन आग्रह गरे । उनले दुई पार्टीको केन्द्रीय समिति मिलाउनु परेका कारण ३३ प्रतिशत नपुग्ने बताएउदै, ‘कसैको बहकावमा लागेर जानुहुन्न, महिलाहरुलाई एनजिओहरुले ३३ प्रतिशत हुनुपर्छ अथवा यति प्रतिशत हुनुपर्छ भन्दिन सक्छन् । दुई वटा केन्द्रीय समिति मिलाउँदा ३३ प्रतिशत नभएको हुनसक्छ । हामीले धेरै छलफल गरेर गरेका छौँ । एनजिओलाई ट्याउँ ट्याउँ बोलिदिएको भरमा पुग्छ। हामीले काम गर्नुपर्छ।’

हाल नेपाल कम्युनिष्ट पार्टीमा ४४१ जना केन्द्रीय समिति सदस्यमा ७७ मात्र महिला रहेका छन् । जुन १७ प्रतिशत हाराहारी हुन आउँछ ।

जबकी राजनीतिक दलसम्बन्धी ऐनको दफा १५ को ४ मा दलको सबै तहको समितिमा एक तिहाइ महिला सदस्य हुने व्यवस्था गर्नुपर्ने प्रावधान छ । 

बैठकमा प्रचण्डले भने केन्द्रीय समितिमा महिलाको सहभागिताको विषयमा केहि नबोलेको सहभागी केन्द्रीय सदस्यले खरीबोटलाई बताए । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीहरु सत्तामा पुगेर स्खलित हुने भन्दै पुल भत्काएर अगाडि बढेको कारण एकता सम्भव भएको उल्लेख गरेका थिए ।

बैठकमा सहभागिता अघि नै सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई नागरिकताको प्रतिलिपी लिएर आउन निर्देशन दिइए बमोजिम सबै सदस्यले नागरिकताको प्रति लिएर गएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै