विराट कोहलीले काउन्टी क्रिकेट खेल्न नपाउने,इन्जुरीका कारण तीन हप्ता मैदान बाहिर 

खरीबोट
ad

काठमाडौँ । भारतीय क्रिकेट टिमका कप्तान इन्जुरीका कारण काउन्टी क्रिकेट खेल्न नपाउने भएका छन् । 

सुररेबाट यस सिजनको काउन्टी क्रिकेट खेल्ने योजना बनाएका कोहलीले नेक इन्जुरीका कारण नखेल्ने भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जानकारी दिएको छ ।कोहली तीन हप्ता मैदान बाहिर हुने बोर्डले जानकारी दिएको छ ।

राष्ट्रिय टिमबाट अफगानिस्तानविरुद्धको ऐतिहासिक टेस्ट छोडेर काउन्टी क्रिकेट खेल्न जान लागेको भन्दै कोहलीको आलोचना भइरहेको बेला उनि घाइते भएपछि खेल्न नपाउने भएका हुन् । 

क्रिकेट बोर्डले कोहलीले भारतको आयरल्याण्ड र इङल्याण्डको टुर भन्दा अगाडी जुन १५ मा फिटनेस टेस्ट दिने उल्लेख गरेको छ । 

आइपिएल खेलका क्रममा कोहली गत मे १७ मा हैदरावादविरुद्ध फिल्डीङ गर्दा घाइते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

कोहलीले जुन महिना भरी सुररेसँग खेल्ने गरि सम्झौता गरेको भएपनि राष्ट्रिय टिमको सेड्युलसँग बाझिएको थियो ।
   
सम्बन्धित समाचार

विराट कोहलीले काउन्टी क्रिकेट खेल्न नपाउने,इन्जुरीका कारण तीन हप्ता मैदान बाहिर 

काठमाडौँ । भारतीय क्रिकेट टिमका कप्तान इन्जुरीका कारण काउन्टी क्रिकेट खेल्न नपाउने भएका छन् ।  सुररेबाट यस सिजनको काउन्टी क्रिकेट खेल्ने योजना बनाएका कोहलीले नेक इन्जुरीका कारण नखेल्ने भएको भारतीय क्रिकेट

विराट कोहलीको बैंगलोर प्लेअफमा पुग्न असफल, जितपछि राजस्थानको सम्भावना कायमै  

काठमाडौँ । आइपिएलको यस सिजनमा रोयल च्यालेन्जर्स बैंगलोर प्लेअफमा पुग्न असफल भएको छ ।  शनिबार भएको पहिलो खेलमा राजस्थान रोयल्ससँग ३० रनले पराजित भएपछि प्लेअफमा पुग्न असफल भएको हो ।  जितसँगै राजस्थान

विराट कोहली र एबी डिविलीयर्सविरुद्ध सन्दीपको किफायती बलिङ

काठमाडौँ । आइपिएलमा पहिलो पटक खेल्दै गरेका सन्दीप लामिछाने दिल्ली डेयरडेभिल्सबाट डेभ्यु गर्दै डेभ्यु विकेट पनि लिएका छन् । सन्दीपले आफ्नो स्पेलको ४ ओभर बलिङ गर्दै २५ रन दिएर एक विकेट