• २०८१ बैशाख ६ बिहीबार

ट्रम्प र किमको भेटवार्ता रद्ध, फेरी बिग्रियो अमेरिका उत्तर कोरिया सम्बन्ध 

kharibot

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीचको भेटवार्ता रद्ध भएको छ ।

राष्ट्रपति ट्रम्पले एक पत्र लेख्दै किमसँग हुने भेट रद्ध गरेको जानकारी दिएका हुन् । उनले यो समय भेटका लागि उपयुक्त समय नभएको भन्दै भेट नगर्ने जानकारी गराएका हुन् ।

उनले आफु किमसँग भेट्न निकै उत्सुक भएपनि किमको हालैको कडा बयानबाट अहिले भेट गर्न उचित नभएको उल्लेख गरेका छन् ।

पत्रमा ट्रम्पले किमलाई सम्बोधन गर्दै किमले आफ्नो परमाणु क्षमताको कुरा गरेको तर अमेरिकाको परमाणु क्षमता यति छकी मैले इश्वरसँग प्राथना गर्दछुकी यो कहिल्लै प्रयोग गर्ने अवसर नजुटोस् भनेका छन् ।

यसअघि उत्तर कोरियाका अधिकारी चो सन हुइले उत्तर कोरियाले अमेरिकासँग वार्ताका लागि नगिडगीडाउने र कुटनीतिक पहल असफल भएमा आफ्नो परमाणु शक्ति देखाइदिने बताएका थिए ।

यसअघि ट्रम्प र किमको आगामी जुन महिनाको १२ तारिखमा सिंगापुरमा भेटवार्ता हुने भएको थियो ।

भेटवार्ताको मिति बारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत आफै जानकारी दिएका थिए । भेट बारे जानकारी दिदै ट्रम्पले आफुहरु दुवैले विश्व शान्तिका लागि यो निकै महत्वपूर्ण अवसर हुने उल्लेख गरेका थिए ।

यसअघि उतर कोरियाले बुधबार मात्र आफ्नो हिरासतमा रहेका तीन अमेरिकी नागरिकलाई रिहा गरेर वातावारण सहज बनाएको थियो ।

उत्तर कोरियाले आफ्नो हिरासतमा रहेका अमेरिकी नागरिक किम हक सोंग, टोनी किम र किम डोंगचुललाई अमेरिकी विदेशमन्त्री पोम्पेओको रोहबरमा छोडेको थियो ।

पक्राउ परेका किम डोंग चुल सन २०१५मा जासुसीको आरोपमा पक्राउ परेका थिए भने टोनी किम अप्रिल २०१७ मा जासुसीकै आरोपमा पक्राउ परेका थिए । उनि प्योंगयांग विश्वविद्यालय साइन्स एण्ड टेक्नोलोजीमा काम गर्ने गर्दथे । त्यस्तै किम हक सोंग २०१७ को मेमा उत्तर कोरी मा संदिग्ध गतिविधि गरेको आरोपमा पक्राउ परेका थिए ।
    
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै