गोरेको बयान दोस्रो दिन पनि जारी, १६ पृष्ठको बयान दिए 

खरीबोट
ad

विराटनगर । सुन तस्करी र सनम शाक्यको हत्याको मुख्य आरोपी गोरे भनिने चूडामणि उप्रेतीसँग जिल्ला अदालत मोरङमा दोस्रो दिन पनि बयान लिइएको छ । 

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा आज पनि उनीसँग बयान लिने काम नसकिएकाले शुक्रबार जारी रहने अदालतले जनाएको छ । बिहान १० बजेदेखि शुरु भएको बयान साँझ ५ बजेसम्म जारी रह्यो । उप्रेतीले १६ पृष्ठको बयान दिएको बताइएको छ । 

मंगलबार पक्राउमा परेका उनको बयान बुधबारदेखि शुरु भएको हो । उनले बुधबार बयानका लागि उपस्थित भएपछि आफु असुरक्षित महसुस गरिरहेकाले मानवअधिकारकर्मीको निगरानीमा हिरासतमा बस्नुपर्ने भनी अदालतसँग माग गरेका थिए । 

सुन तस्करी, सङ्गठित अपराध र हत्याको अभियोगमा ६३ जनामाथि मुद्दा दर्ता भएकामा यही जेठ ८ गते २८ जनालाई पुर्पक्षका लागि कारागार पठाइएको छ । एक जनालाई साधारण तारेख र एक जनासँग धरौटी माग गरिएको थियो । उप्रेती पक्राउमा परेपछि अब फरार आरोपीको सङ्ख्या ३२ रहेको छ । 

पुर्पक्षका लागि थुनामा राख्ने आदेशानुसार कारागार पठाइएकामध्येबाट एक जना पूर्वप्रहरी नायब महानिरीक्षक र पाँच निलम्बित प्रहरी अधिकारी गरी छ जना छन् । जिल्ला अदालतले वैशाख १९ गते ६३ जनामाथि सन् २०१५ देखि हालसम्म रु १७ अर्ब एक करोड ८० लाख १३ हजार ४९० पैसा १३ बराबरको ३७ लाख ९९ हजार ५५९ ग्राम सुनको अवैध कारोवार गरेको भनेर बिगोसहितको अभियोग दर्ता गरेको छ ।
 

सम्बन्धित समाचार

गोरेसहित तीनजनालाई सम्पत्ति शुद्धिकरणमा छानबिन हुने, आजै काठमाडौँ ल्याइदै 

काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरे सहितका तीन जनालाई सम्पत्ति शुद्धिकरणबारे छानबिन हुने भएको छ । गोरे सहित एसएसपी श्याम खत्री र राप्रपा प्रजातान्त्रिकका

सुन तस्करी प्रकरण : गोरेका सहयोगी रामकुमार तिवारी विमानस्थलबाट पक्राउ 

काठमाडौँ । साढे ३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्या सम्बन्धि अनुसन्धान गर्न बनेको विशेष समितिले चूडामणि उप्रेती ‘गोरे’ का एक निकट सहयोगी रामकुमार तिवारीलाई पक्राउ गरेको छ ।  दक्षिण

गोरेलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

मोरङ । साढे ३३ किलो सुन तस्करीमा मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आइतबार गोरेको बयान सकिएपछि भएको थुनछेक बहसमा अदालतले

गोरेको बयान आइतबार सकिदै, अहिलेसम्म २७ पेज लामो बयान पुग्यो

विराटनगर ।  सुन तस्करी तथा सनम शाक्यको हत्याको अभियोगमा पक्राउमा परेका चुडामणि उप्रेती (गोरे)को जिल्ला अदालत मोरङमा आज पनि बयान जारी रह्यो ।  सो प्रकरणको मुख्य अभियुक्त मानिएका गोरेसँग आज चार घण्टाभन्दा