शिक्षा मन्त्रालयद्वारा विश्वविद्यालयका सम्पर्क कार्यालय खारेज

खरीबोट
ad

काठमाडौँ  ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यका बााहिर केन्द्रीय कार्यालय रहेका ११ विश्वविद्यालयका काठमाडौँ उपत्यकाभित्र रहेका सम्पर्क कार्यालय खारेज गरेको छ । 

संघीयताको कार्यान्वयनका क्रममा ती विश्वविद्यालयलाई आफ्नो प्रदेशमै रहेका केन्द्रीय कार्यालयबाट प्राज्ञिक र शैक्षिक कार्य सञ्चालन गराउन मन्त्री गिरिराजमणि पोखरेलस्तरको निर्णयबाट सम्पर्क कार्यालय खारेज भएको उनका निजी सचिव पुष्प ढकालले जानकारी दिए ।  काठमाडौँ बाहिर केन्द्रीय कार्यालय भएका विश्वविद्यालयका पदाधिकारीले सम्पर्क कार्यालयबाट पनि काम गर्दै आएकामा अब त्यो क्रम रोकिएको छ । 

ती विश्वविद्यालयको ऐनमा व्यवस्था नभएको तथा आर्थिक मितव्ययिता र कर्मचारी व्यवस्थापनको सहजताका लागि यस्तो निर्णय गरिएको सचिवालयले जनाएको छ ।

विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयको वर्गीकरण गरी संघीय विश्वविद्यालय र प्रादेशिक विश्वविद्यालयको मापदण्ड तयार गर्दैछ । 

सम्बन्धित समाचार

शिक्षा मन्त्रालयद्वारा विश्वविद्यालयका सम्पर्क कार्यालय खारेज

काठमाडौँ  ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यका बााहिर केन्द्रीय कार्यालय रहेका ११ विश्वविद्यालयका काठमाडौँ उपत्यकाभित्र रहेका सम्पर्क कार्यालय खारेज गरेको छ ।  संघीयताको कार्यान्वयनका क्रममा ती विश्वविद्यालयलाई आफ्नो प्रदेशमै रहेका

शैक्षिक सुधारको मार्गचित्रसहित नयाँ कार्ययोजना

काठमाडौँ ।  शिक्षामा गुणस्तर, पहुँच र उत्पादनशीलतालाई प्राथमिकता दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सुधारको मार्गचित्रका आधारमा तीन महिने कार्ययोजना तयार गरेको छ ।  समृद्ध राष्ट्र निर्माणका लागि शिक्षामा गुणस्तर, पहुँच, समता,

डा.केसीद्वारा शिक्षा मन्त्रालयमा कलेज सम्बन्धनबारे सूचना माग

काठमाडौँ ।  प्रा डा गोविन्द केसी समूहले आज शिक्षा मन्त्रालयलाई काठमाडौँ नेशनल मेडिकल कलेज सम्बन्धन प्रकरणबारे छ विषयका सूचना उपलब्ध गराउन निवेदन दिएको छ ।  मन्त्रालयले मेडिकल काउन्सिललाई सम्बन्धन दिन पत्राचार गरेको विषय

अध्यक्ष शर्मालाई तीन दिनभित्र जवाफ पेश गर्न निर्देशन

काठमाडौँ । शिक्षा मन्त्रालयले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई साझा प्रकाशन र उहाँको सम्बन्धमा उठेका विषयमा तीन दिनभित्र जवाफ पेश गर्न निर्देशन दिएको छ ।  उपप्रधान तथा शिक्षामन्त्रीको भदौ १९