• २०८१ बैशाख १२ बुधबार

सेञ्चुरी कमर्सियल बैंककोे शाखा र एक्सटेन्सन काउन्टर बुढानिलकण्ठ नगरपालिकामा 

kharibot

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बुढानिलकण्ठको मण्डिखटार शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । बिहीबार बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले शाखा उद्घाटन गरेका हुन् । 

बैंकले आफ्नो सेवामा थप गर्दै बूढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रभित्र वडा नं १२ को वडा कार्यालमा एक्सटेन्सन् काउन्टर पनि सुचारु गरेको छ । बैंकले उक्त काउन्टरबाट सुरक्षा भत्ता प्रदान गर्ने तथा त्यस क्षेत्रमा वसोवास गर्ने ग्राहकवर्गहरुमा आफ्नो सेवा पु¥याउने उद्देश्य राखेको छ ।

उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत श्री तुलसीराम गौतम, बुढानिलकण्ठ न.पा वडा नं १२ का वडा अध्यक्ष शम्भु प्रसाद भट्टराई तथा बैंकका अन्य बरिष्ठ पद्धाधिकारीको पनि उपस्थिति थियो । 

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै