• २०८१ बैशाख १३ बिहीबार

डडेल्धुराका विद्यालयलाई ग्लोबल आईएमई बैंकको कम्प्युटर सहयोग

kharibot

काठमाडौं । ग्लोबल आइएमई बैंक लि. ले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका २ स्थित भुवनेश्वर माध्यमिक विद्यालय र अमरगढी नगरपालिका ३ स्थित घटाल माध्यमिक विद्यालयलाई ५/५ थान कम्प्युटर हस्तान्तरण गरेको छ ।

डडेलधुरा जिल्लाको शैक्षिक विकासमा सहयोग पु¥याउने उद्देश्यले बिहीबार बैंकको सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणा तथा डडेलधुरा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थी ज्यूले संयुक्त रुपमा भुवनेश्वर माध्यमिक विद्यालय र बुधबार घटाल माध्यमिक विद्यालय ५÷५ थान कम्प्युटर प्रदान गरेको हो । 

शैक्षिक स्तरोन्नतिका साथै विद्यार्थीहरुमा कम्प्युटरको पहुँच पुगोस भन्ने उद्धेश्यका साथ बैंकले  कम्प्युटरहरु सहयोग स्वरुप हस्तान्तरण गरेको हो । ग्लोबल आइएमई बैंक लि.ले स्थापनाकाल देखि नै आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ ।

बैंकले विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु बाढी, पहिरो, भुँईचालो लगायतका अन्य विपतको समयमा सहयोग गर्दै आएको छ भने यस्ता अन्य सामाजिक कार्यहरुमा पनि सदैव अग्रसर रहँदै आएको छ । 

यसका साथसाथै बैंकले मिति २०७५ ज्येष्ठ ९ गते बुधबार देखि बैतडी जिल्लाको सुरेना गाउँपालिका ६, मोतीनगरमा आफ्नो ८५औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्यले बैंकले १२९ शाखा, ४ एक्सटेन्सन काउण्टर, १३१ एटिएम, ८५ वटा शाखारहित बैंकिङ्ग सेवा ३ प्रतिनिधि÷सम्पर्क कार्यालयमार्पmत आफ्ना ९ लाखभन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै