• २०८१ बैशाख ४ मंगलबार

जुन २९ मा ठमेलमा ‘ओएसी माउन्टेन फेस्टिभल’ हुने

kharibot

काठमाडौं । आउटडोर एडभेन्चर सेन्टर नेपालको आयोजनामा ‘ओएसी माउन्टेन फेस्टीभल’ हुने भएको छ । राजधानीको ठमेलमा जुन २९ (असार १५) मा विभिन्न कार्यक्रमका साथ फेस्टीभल आयोजना हुने भएको हो । 

बिहीबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक सोनाम जाङबु शेर्पाले फेस्टीभलमा हुने कार्यक्रमबारे जानकारी दिए । 

‘वसन्त ऋतुमा लामो समय हिमाल र त्यस क्षेत्रमा खटि आरोहणलाई सफल पार्न भूमिका निर्वाह गर्ने शेर्पाहरु र राष्ट्रिय–अन्तर्राष्ट्रिय आरोहीहरुलाई स्वागत गर्ने हेतुले कार्यक्रम आयोजना गर्न लागेका हौं’, संयोजक शेर्पाले भने ‘सफल आरोहीहरुको खुसी तथा अनुभव साटासाट गराउने, पर्यटनसँग सम्बन्ध राख्नेहरुको समस्याहरु, अवसर र चुनौतीका विषयमा सामुहिक छलफल गर्न समेत हुनेछ ।’

सरकारी निकायबाट पर्यटन सचिव कृष्णप्रसाद सापकोटा र आरोहीका तर्फबाट २२औं पटक सगरमाथा आरोहण गर्ने कीर्तिमानी कामी रिता शेर्पा सहभागि जनाइएको छ । साहसिक खेलकूद प्रतियोगिता, आरोहणका क्रममा खिचिएका÷लिइएका तस्वीर र श्रव्यदृश्यको प्रदर्शनी, सांगीतिक कार्यक्रमका साथमा पर्वतारोहणका क्षेत्रमा सफल व्यक्तित्वहरुलाई प्रकाशमा ल्याउने र आरोहणका क्रममा प्रयोग गरिएका सामाग्रीहरु मायाको चिनोको रुपमा विक्री÷प्रदान गर्ने लगायतका कार्यक्रम रहेको आयोजकले जनाएको छ । 

पर्यटन क्षेत्रका विख्यात व्यक्तित्व, संघसंस्थाका प्रतिनिधी, व्यवसायी, राज्यका प्रतिनिधी लगायतको उपस्थितिमा कार्यक्रम हुनलागेको हो । 

ठमेलस्थित ओ.ए.सी.को आफ्नै परिसर, जि.ए.ए. हलमा हुने कार्यक्रमले पर्यटन र सम्बद्ध क्षेत्रको अवस्था, अवसर र चुनौतिका बीच प्रष्ट कथन प्रकाशमा ल्याउने जनाएको छ । 

‘शिक्षा, सूचना र सिर्जनात्मक’ कार्य गर्ने हेतुले स्थापना भएको ओएसीले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने खाले कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

पर्यटन, शिक्षा र ज्ञानमुलक अध्ययन भ्रमणका साथै पर्वतारोहण र पथ प्रदर्शकसँग सम्बन्धित साहसिक खेल प्रतियोगिता आयोजना गर्नुका साथै पर्यटन प्रबुद्र्धनमा फरक तवरले विभिन्न कार्यहरु संस्थाले गर्दै आएको जनाएको छ ।

विभिन्न चरणमा विभक्त गरेको कार्यक्रममा दिउँसो २ बजेदेखि शुरु भएर साँझ सांगीतिक कार्यक्रमका साथमा सकिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै