• २०८१ बैशाख ८ शनिबार

उत्तर कोरियाले आणविक परीक्षण गर्दै आएको सुरुंग बमले उडायो 

kharibot

तस्बिर : रोयटर्स/बीबीसी

काठमाडौं । उत्तर कोरियाले यसअघि आफूले परमाणु बम बनाउनका लागि लगातार परीक्षण गर्दै आएको सुरुंग बिहीबार बम विस्फोट गरी ध्वस्त बनाएको छ । पुन्जी री भन्ने स्थानमा रहेको उक्त प्रयोगशालामा सन् २००६ यता ६ वटा परमाणु परीक्षण गरिएको थियो । 

पछिल्लो समय आफूहरुलाई अब परमाणु परीक्षण गरिरहनु नपर्ने र परमाणु हतियार बनाउन अब सफल भएकाले परीक्षण स्थल नष्ट गर्ने घोषणाअनुसार आज उक्त स्थलमा विस्फोट गरिएको बताइएको छ । यद्यपि कतिपय विशेषज्ञहरुले भने पछिल्लो पटकको शक्तिशाली विस्फोटनका क्रममा नै उक्त प्रयोगशाला भत्किएको बताएका थिए ।  

बिहीबार उत्तर कोरियाले कम्तीमा पनि तीन आणविक सुरुंग, अवलोकन गर्ने भवन र एउटा मेटल फाउन्ड्री र लिभिंग क्वार्टरमा विस्फोट गराएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । सो क्रममा अन्तर्राष्ट्रिय पत्रकारलाई पनि निम्तो दिइएको थियो । ती तीनवटै क्षेत्र करिब ५ सय मिटरको दूरीमा रहेको  बताइएको छ । 

अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट हुनु हप्ता दिनअगाडि उत्तरले यस्तो कदम चालेको हो । विस्फोट हुनुअघि पत्रकारहरुलाई सुरुंगको केही भित्र समेत अवलोकन गर्न दिइएको थियो । 

उत्तर कोरियाले यो सुरुंगबाट परमाणु परीक्षण गर्दा सन् २००६ अक्टोबरमा ४.३, २००९ को मेमा ४.७, २०१३ को फेब्रुअरीमा ५.१, २०१६ को जनवरीमा ५.१, २०१६ कै सेप्टेम्बरमा ५.३ र २०१७ को सेप्टेम्बरमा ६.३ रेक्टरको कृत्रिम भूकम्प गएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै