• २०८१ बैशाख ८ शनिबार

यस आइपिएलमा ६ बलर जसले धेरै डट बल फाले, रशिद र अंकित शिर्ष स्थानमा 

kharibot

काठमाडौँ । अब यस सिजनको आइपिएल अन्त्यतिर आएको छ । एक टिम फाइनलमा पुगेको छ ।

अब दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र कोलकोता नाइटराइडर्स खेल्ने भएका छन् । यस खेलका विजयी टिमले यस सिजनको आइपिएलको फाइनल खेल चेन्नई सुपरकिंग्ससँग खेल्ने भएको छ ।  

यस सिजनमा कैयौ रेकर्ड तोडिए भने कैयौ ठुलो हस्तीहरुले आफ्नो क्षमता अनुसार प्रदर्शन गर्न सकेनन् । ब्याट्सम्यानहरुले रन बनाउन सकेनन् भने बलरहरुले धेरै रन दिएका छन् । यसै क्रममा यस आइपिएलमा एक खेलको पारीमा धेरै डट बल फाल्ने ५ खेलाडीहरुको बारेमा चर्चा गरौ । 

यस आइपिएलमा एक पारीमा सबैभन्दा बढी डट बल फाल्ने बलर सनराइजर्स हैदरावादबाट खेल्ने अफगानिस्तानका सेन्सेसनल बलर राशिद खान र किंग्स इलेभेन पंजावका अंकित राजपुत हुन् । रशिदले अप्रिल १२ मा मुम्बई इण्डियन्सविरुद्धको खेलमा ४ ओभरमा १३ रन दिएर एक विकेट लिदा १८ बलमा ब्याट्सम्यानले रन बनाउन सकेका थिएनन् । त्यस्तै अंकितले मे २० मा चेन्नई सुपरकिंग्स विरुद्ध खेल्दै ४ ओभरमा एक ओभर मेडनसहित १९ रन दिएर २ विकेट लिएका थिए । यस खेलमा अंकितले १८ बल डट फालेका थिए । 

त्यस्तै धेरै डट बल फाल्ने सुचिमा दोस्रो स्थानमा दुई बलर रहेका छन् । यस सुचिमा किंग्स इलेभेन पंजावका बलर अंकित राजपुत र चेन्नई सुपर किंग्सका दिपक चहर रहेका छन् । अंकितले अप्रिल २६ मा सनराइजर्स हैदरावादविरुद्द ४ ओभर बलिङ गर्दै १४ रन दिएर ५ विकेट लिएका थिए । यस खेलमा अंकितले १७ बल डट फालेका थिए । त्यस्तै चेन्नईका दिपक चहरले अप्रिल २२ मा हैदरावादविरुद्धको खेलमा ४ ओभर बलिङ गर्दै १५ रन दिएर ३ विकेट लिदा एक ओभर मेडनसहित १७ बल डट फालेका थिए ।     

त्यस्तै यस सुचीको तेस्रो स्थानमा चेन्नईका लुंगी एनगीडी र हैदरावादका रशिद खान रहेका छन् । एनगिड़ीले मे २० मा पंजावविरुद्धको खेलमा ४ ओभर बलिङ गर्दै एक मेडनसहित १० रन दिएर ४ विकेट लिएका थिए यस खेलमा एनगिड़ीले १६ बल डट फालेका थिए । त्यस्तै रशिद खानले अप्रिल २४ मा मुम्बईविरुद्धको खेलमा ४ ओभर बलिङ गर्दै एक मेडनसहित ११ रन दिएर २ विकेट लिदा १६ बल डट फालेका थिए ।

तर यस आइपिएलमा भने धेरै डट फाल्ने रेकर्ड भने भारतीय बलर उमेश यादवको नाममा रहेको छ । रोयल च्यालेनजर्सबार यस सिजन खेलेका यादवले १४ खेलमा ५३.१ ओभर बलिङ गर्दै ४१८ रन दिएर २० विकेट लिदा १४८ बल डट फालेका छन् ।

त्यस्तै दोस्रो स्थानमा हैदरावाडका रशिद खान रहेका छन् । रशिदले १५ खेल खेल्दै ६० ओभर बलिङ गर्दै ४१५ रन दिएर १८ विकेट लिदै १४६ बल डट फालेका छन् ।
त्यस्तै मुम्बई इण्डियन्सका जस्प्रित बुम्राहले १४ ओभरमा ५४ ओभर बलिङ गरेर ३७२ रन दिदै १७ विकेट लिदा १३३ बल डट फालेका छन् ।

त्यस्तै कोल्कोताका सुनिल नारायणले १५ खेलमा ५७ ओभर बलिङ गर्दै ४४३ रन दिएर १६ विकेट लिदा १३० बल डट फालेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै