• २०८१ बैशाख १३ बिहीबार

बलिवुडमा नआउदै चर्चित सेलिब्रेटीका छोरीहरु, डेभ्युको यस्तो छ तयारी   

kharibot

मुम्बई । बलिवुडमा नातावाद र कृपावादको ठुलो बहस चलिरहेका बेला केहि स्टार सेलिब्रेटीका छोरीहरुले बलिवुडमा डेभ्यु गर्दै छन् ।

फिल्ममा डेभ्यु नगर्दै उनीहरुको चर्चा मिडियामा व्यापक हुन् थालेको छ । सामाजिक संजालका साथै मिडियामा छाइरहने यी स्टार किड्स छिट्टै बलिवुडमा तहल्का मचाउन तयार देखिएका छन् ।

जन्ह्वी कपुर : हालै दिवंगत भएकी अभिनेत्री श्रीदेवी र बोनी कपुरकी जेठी छोरी जन्ह्वी कपुर बलिवुड डेभ्युका लागि तयार देखिएकी छन् । फिल्म धड्कमा इशान खट्टरसँग डेभ्यु गर्न लागेकी जन्ह्वीले फिल्मको सुटिंग पुरा गरेर अब फिल्म प्रमोशनमा लाग्न थालेकी छन् । जन्ह्वीको धड्क आगामी जुलाई २० मा रिलिज हुदै छ ।

सारा अली खान : बलिवुड अभिनेता सैफअली खान र अमृता सिंहकी जेठी छोरी सारा अली खानपनि फिल्म केदारनाथबाट बलिवुडमा डेब्यु गर्दै छन् । बलिवुडमा आउनु अघि नै बढी मिडियाको ध्यान खिच्न सफल साराले केदारनाथका निर्माताको विवाद हुदा डेभ्यु ढिलो भएपनि अब केदारनाथ रिलिज हुने भएपछि उनको डेभ्यु हुन लागेको हो । साराले पहिलो फिल्म रिलिज नहुदै अर्को ठुलो फिल्म साइन हरिसकेकी छन् । साराले रणवीर सिंहसँग रोहित शेठीको फिल्म सिम्बामा अभिनय गर्ने भएकी छन् । केदारनाथ नोभेम्बर ३० मा रिलिज हुदै छ भने सिम्बा डिसेम्बर २८ मा रिलिज हुदै छ ।

अनन्या पाण्डे : कमेडी अभिनेता चंकी पाण्डेकी छोरी अनन्या पाण्डेले पनि बलिवुड डेभ्यु गर्ने तयारीमा रहेकी छन् । अनन्याले चर्चित फिल्म स्टुडेन्ट इयर-२ को सिक्वेलबाट डेभ्यु गर्न लागेकी छन् । अनन्याले टाइगर सराफ र तारा सुतारियासँग अभिनय गरेको स्टुडेन्ट अफ द इयर-२ आगामी नोभेम्बर २३ मा रिलिज हुदै छ ।

सुहाना खान : बलिवुडका किंग खान शाहरुख खानकी छोरी सुहाना खान पनि बलिवुडमा डेभ्यु गर्ने तयारीमा रहेको रिपोर्ट आइरहेका छन् । फिल्ममा नआउदै मिडियाको धेरै कभरेज पाएकी सुहानाले हाल सम्म फिल्म साइन नगरेपनि यसै बर्ष उनले फिल्म सियन गरेर सुटिंग सुरु गर्नसक्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

नव्या नवेली नन्दा : बलिवुड महानायक अमिताभ बच्चनकी नातिनी नव्या अहिले नै सामाजिक संजाल र मिडियाको नजरमा निकै पर्ने गरेकी छन् । मिडिया रिपोर्टका अनुसार नव्याले पनि छिट्टै बलिवुडमा डेभ्यु गर्ने भएकी छन् ।

टिना आहुजा : अभिनेत्री गोविन्दाकी छोरी टीनाले पनि बलिवुडमा डेभ्यु गर्ने तयारीमा रहेकी छन् । उनको फिल्मको बारेमा कुनै खुलासा नभएपनि उनको डेभ्युको तयारी भैरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै