• २०८१ बैशाख ७ शुक्रबार

ठक्कर दिने टिपरका सवारी चालक पक्राउ

kharibot

नगरकोट / अरनिको राजमार्गअन्तर्गत भक्तपुरको नलिञ्चोक नजिकै सडकमा बुधबार स्कुटरलाई ठक्कर दिने टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी कृष्ण प्रसाईंका अनुसार धादिङ थाक्रे घर भई हाल थानकोटमा बस्ने ३० वर्षीय सञ्जीव सुचिकारलाई गएराति नियन्त्रणमा लिइएको छ । पक्राउ परेका चालक सुचिकारलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको प्रसार्इंले बताए । 

काभ्रेबाट काठमाडौँतर्फ आइरहेको बा३ख ६६७४ नंको टिपरले सोही दिशामा आइरहेको बा५६प १२२७ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीनजनाको मृत्यु भएको थियो । 

मृत्यु हुनेमा भक्तपुर लोकन्थलीका ५० वर्षीय हरिबहादुर कटुवाल, दोलखा मेलुङ घर भई हाल मध्यपुर थिमी–१ बस्ने वर्ष ४२ का सविता घिमिरे र सविताकै छोरा १३ वर्षीय अरविन घिमिरे रहेका थिए । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै