• २०८१ बैशाख १३ बिहीबार

सेयरबजार अस्थिर : सुरुमा बढेको नेप्से अन्तिममा १० अंकले घट्यो

kharibot

काठमाडौं । नेप्से आज पनि अस्थिर देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहीबार सुरुवाती समयमा नेप्से बढेको थियो । तर त्यो बढाई धेरै समय टिकेन ।

अन्तिम समयसम्म आईपुग्दा नेप्से १० दशमलव पाँच अंकले घटेर १३ सय १८ दशमलव २२ विन्दुमा झरेको छ भने सेन्सिटिभ दुई दशमलव १३ अंकले घटेर दुई सय ७७ दशमलव ८९ विन्दुमा झरेको छ ।

आज कुल एक सय ६१ कम्पनीहरुको चार हजार चार सय २६ वटा कारोबारमा सात लाख ९१ हजार सात सय २८ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम ३७ करोड ३५ लाख ६२ हजार एक सय ४१ रुपैयाँ पुगेको छ । 

नेप्सेमा १० वटा समूहको कारोबार भएकोमा टे«डिङ र उत्पादमुलक समूहको सूचकमा क्रमश दुई दशमलव ९६ र ११ दशमलव ४१ अंकले सुधार देखिएको छ । यसबाहेक बाँकी आठ वटा समूहको सूचक भने आज उच्च अंकले घटेका छन । वाणिज्य बैंक समूहको सूचक सात दशमलव ४६ अंकले घटेर ११ सय २४ दशमलव ३७ विन्दुमा झर्दा १२ करोड ७१ लाख ६२ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

जलविद्युत समूहको सूचक पनि १२ दशमलव ७१ अंकले घटेर १६ सय २९ दशमलव ७४ विन्दुमा झर्दा एक करोड ४६ लाख ५४ हजार दुई सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी बीमा समूहको सूचक पनि आज ६२ दशमलव ३४ अंकले घटेर छ हजार सात सय ८७ दशमलव ९० विन्दुमा झर्दा पाँच करोड २७ लाख १७ हजार चार सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । आज बिकास बैंक, होटल, फाईनान्स, अन्य र लघुवित्त समूहको सूचकमा पनि उच्च विन्दुले गिरावट आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको जेविल्स फाईनान्सको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ ४५ पैसाले बढेर एक सय १५ रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको  किसान माईक्रो फाईनान्स  वित्तीय संस्थाको सेयर मुल्य पाँच रुपैयाँ ६९ पैसाले घटेर १७ सय ७४ रुपैयाँमा कारोबार भएको छ । 

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको कालिका माईक्रो क्रेडिट डेभलपमेन्ट बैंकको प्रतिेकित्ता १५ सय ६० रुपैयाँमा दुई करोड ३३ लाख ४६ हजार दुई सय २७ रुपैयाँको कारोबार भएको छ ।

यसैगरी नेपाल बैंकको पनि प्रतिकित्ता तीन सय ३६ रुपैयाँ अन्तिम मुल्यमा दुई करोड पाँच लाख ४३ हजार  रुपैयाँको सेयर कारोबार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै