• २०८१ बैशाख ७ शुक्रबार

खोटाङका रामप्रसाद विदेशबाट ऋण कमाएर आए

kharibot

खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का रामप्रसाद आचार्य वैदेशिक रोजगारका लागि पहिलोपटक मलेसिया गए । सन् २००१ मा रु ८५ हजार मेनपावर कम्पनीलाई बुझाएर मलेसिया जानुभएका आचार्यको कमाइ करिब रु १० हजार मात्र हुन्थ्यो । 

विदेश जाँदा काढेको ऋण तिर्नै उनलाई हम्मेहम्मे पथ्र्यो । काम गर्ने सिलसिलामा दशौँ महिनामा घरको छतबाट लडेर उनको खुट्टा भाँच्चियो । दश महिनासम्म कमाएको पैसाले उपचार गर्न पनि पुगेन । 

सत्र महिना मलेसियामै आराम गरेर उनी  स्वदेश फर्किए । मलेसिया जाँदाको ऋण तिर्न आचार्य एक लाख १५ हजार ऋण खोजेर कतार लागे । “कतारमा शुरुमा भनेजस्तो काम र दाम पटक्कै भएन, सात वर्षसम्म पसिना बगाएर रु तीन लाख जम्मा गरेर २०६५ सालमा घर फर्किए,” उनले पीडा सुनाए । 

करीब सात वर्षसम्म घरमै थकान मेट्नुभएका आचार्य २०७१ सालमा फेरि मलेसिया हान्निए  । मलेसिया पुग्नुभएको चार महिना पुग्दा नपुग्दै आचार्यको धन्नैले मात्र ज्यान बच्यो । “इलेक्ट्रिसियनको काम गर्थें, काम गर्दै गर्दा छतबाट भुइँमा खसेछु,” उनले भने , “एक दिनभरि होसै आएन, धन्न समयमै उपचार पाएर ज्यान बचेको छ ।” 

आचार्यको ज्यान त बच्यो तर हातखुट्टा दुवै बेकामे भए । टाउकोमा समेत गहिरो चोट लागेका आचार्य त्यहीको अस्पतालमा १० महिनासम्म रहे । “घरबाट सात लाख मगाएर उपचार गरी फर्किएँ,” विगत सम्झँदै आचार्य भनछन् , “ज्यान भत्काउन र ऋण कमाउन विदेश गइएछ ।” 

शारीरिक अपाङ्गता भएर घर फरकीएका आचार्यले हाल, थोरै लगानीमा घरमै सानो पसल शुरु गरेका छन  । दुई छोरा र श्रीमतीको साथमा रहनुभएका आचार्यले हप्तामा दुईपटक लाग्ने दिक्तेलबजारको हटियामा कपडा पसल राखेर व्यापार गर्दैआएका छन  । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै