• २०८१ बैशाख ७ शुक्रबार

गर्भवती महिलाको अप्रेशन गर्दा दुई डाक्टरबीच झगडा (भिडियो सहित)

kharibot

नयाँ दिल्ली । भारतको राजस्तानको एक अस्पतालमा गर्भवती महिलाको अपरेशनको क्रममा दुई डाक्टरबिच भएको भनाभनको भिडियो अहिले भाइरल भएको छ । 

राजस्थानको जोधपुरमा रहेको उम्मेद अस्पतालको अपरेशन कक्षमा गर्भवतीको अपरेशनको तयारी भइरहेका बेला दुई डाक्टरबिचको झगडाको भिडियो एएनआइले सार्वजनिक गरेको हो । भिडियो सार्वजनिक भएपछि झगडा गर्ने दुवै डाक्टरहरुलाई अस्पतालले निलम्बित गरेको छ ।

अस्पतालकै अधिकारीले भिडियो खिचेर मिडियामा दिएको बताइएको छ । अस्पतालका अधिकारीले महिला र उनले जन्माएको बच्चा दुवैको अवस्था अहिले सामान्य रहेको दाबी गरेको बिबिसीले जनाएको छ ।

एक डाक्टरले अपरेशन अघि गर्भवतीले खाना खाए नखाएको के छ भनेर सोधेपछि अर्को डाक्टर कराउन थालेका हुन् । त्यसपछि दुई डाक्टरबीच झगडा भएको हो । घटनाको विषयमा

राजस्थान उच्च अदालतले चासो दिदै घटनाका विषयमा प्रतिवेदन माग गरेको बताइएको छ ।

डाक्टरको झगडा भिडियोमा हेरौ :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै