भीडन्तमा ११ जना तालिबान मारिए

खरीबोट

फाइल तस्बिर ।

ad

गजनी, अफगानिस्तान (रासस/सिन्ह्वा) / अफगानिस्तानको पूर्वी प्रान्त गजनीको मुकार जिल्लामा तालिबान आतङ्ककारीका विरुद्धमा यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी ११ जना तालिबानको ज्यान गएको समाचार छ । 

यस झडपमा परी बुधबार बिहानै कम्तीमा पनि ११ जना तालिबान आतङ्ककारी मारिएका छन् भने अरु करिब १२ जना घाइते भएका गजनी प्रान्तका प्रान्तीय प्रमुख मोहमद जमान खोस्तीले जानकारी दिनुभएको छ । 

मुकार जिल्लाको अलि खिल क्षेत्रमा गस्तीमा रहेका सुरक्षा अधिकारीहरुलाई एक बसमा आएका तालिबान लडाकू समूहले गरेको आक्रमणपछि दुई समूहबीच झडप भएको बताइएको छ । 

झडपको क्रममा ११ जना आतङ्ककारी मारिएका र अरु घाइते भएका अफगान गृह प्रशासनले पनि एक विज्ञिप्तमार्फत जानकारी दिएको छ । 

अफगानिस्तानमा सन् २०१४ को डिसेम्बरबाट नेटो सेनाले अफगानिस्तान छोडेका छन् । तर यहाँ शान्तिको स्थापना हुन भने सकेको छैन । 

उता अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान सेनाले गत शुक्रबार पनि हवाई आक्रमणमा परी २२ जना तालिवान लडाकूको मृत्यु भएको प्रान्तीय प्रहरी प्रमुखले बताएका थिए । 

केही दिनयता अफगानिस्तानमा हिंसा बढेको छ । तालिबानहरुले आत्मघाती हमला गरी हिंसाका घटनामा वृद्धि गराएका छन् भने सेनाले पनि कारबाही जारी नै राखेको छ । 

तालिबान लडाकूले मङ्गलबार साँझपख अफगान सुरक्षा जाँच केन्द्रलाई लक्षितगरी आक्रमण सुरु गरेपछि अफगान राष्ट्रिय सेनाको हवाई फोर्सले विद्रोहीविरुद्ध कारबाही शुरु गरेको थियो । 

गत महिनामात्र काबुलमा भएको आक्रमणमा परी नौ जना पत्रकार मारिएका थिए । उक्त घटनाको विश्वव्यपी रुपमा निन्दा गरिएको थियो । 

सम्बन्धित समाचार

१९ जना तालिबान तथा आइएसका लडाकू मारिए

काबुल (रासस/सिन्ह्वा) / अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा भएको हवाई कारबाहीमा परी कम्तीमा १९ जना तालिबान तथा आइएसका लडाकू मारिएका छन् ।  मारिनेमा दुई जना इस्लामिक स्टेट्स् (आईएस) का लडाकू कमाण्डर समेत रहेको

भीडन्तमा ११ जना तालिबान मारिए

गजनी, अफगानिस्तान (रासस/सिन्ह्वा) / अफगानिस्तानको पूर्वी प्रान्त गजनीको मुकार जिल्लामा तालिबान आतङ्ककारीका विरुद्धमा यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी ११ जना तालिबानको ज्यान गएको समाचार छ ।  यस झडपमा परी बुधबार

अफगानिस्तानको पूर्वी प्रान्तमा तालिबानको आक्रमण : गभर्नरसहित १२ जनाको मृत्यु

गजनी, अफगानिस्तान (रासस/सिन्ह्वा) / अफगानिस्तानको पूर्वी प्रान्त गजनीको खब्जा ओमारी जिल्लामा अवस्थित जिल्ला प्रमुख कार्यालयमा भएको तालिबान आतङ्ककारी आक्रमणमा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ ।  यस आक्रमणमा परी जिल्ला गभर्नरसहित

शान्ति वार्तामा सहभागी थिएनौँ – तालिबान

काबुल । आफगानिस्तानको तालिबान लडाकू समूहले हालै टर्कीमा भएको भनिएको एक शान्ति वार्तामा आफूहरु सहभागी भएको भन्ने समाचारको खण्डन गरेको छ ।  टर्कीमा भएको वार्तामा आफूहरु सहभागी नभएको तालिवान श्रोतले आईतबार