• २०८१ बैशाख १३ बिहीबार

आईफोन ९ अहिलेसम्मकै ‘फास्ट’ र सबैभन्दा टिकाउ ब्याट्रीयुक्त हुने

kharibot

तस्बिर : युट्युब

काठमाडौं । चर्चित मोबाइल निर्माता कम्पनी एप्पलको आउनेवाला फोन आईफोन ९ अहिलेसम्म बजारमा आएका सबै स्मार्टफोनभन्दा द्रुतगतिमा चल्ने तथा ब्याट्री पनि लामो समय टिक्ने हुनसक्ने समाचार बाहिर आएको छ । विभिन्न विदेशी अनलाइन तथा सञ्चारमाध्यमले यसबारे उल्लेख गरेका हुन् । 

एप्पलले यसका लागि शक्तिशाली प्रोसेसर राखेर फोन निर्माण थालेको छ । यो वर्षका आईफोनहरुमा यस्तो सुरुवात गरिएको बताइएको छ । आगामी फोनमा रहस्यमय चिप राख्ने तयारी एप्पलले गरेको हो । जुन मोबाइल द्रुतगतिमा चल्न र ब्याट्रीलाई टिकाउ बनाउन ठूलो मद्दत हुने बताइएको छ । 

त्यसो त एप्पलले हरेक वर्ष स्मार्टफोनमा नयाँ प्रोसेसर राख्ने गरेको छ । ‘ए–श्रेणी’का त्यस्ता चिप्सले फोनलाई छिटो सञ्चालन गराउँछ भने भिडियो गेमहरुको ग्राफिक्समा पनि सुधार ल्याउँछ । यसले ब्याट्री पनि लामो समयसम्म टिक्ने बनाउँछ । 

गत वर्षको आईफोन ८ र आईफोन १० मा ए११ बायोनिक चिप प्रयोग गरिएको थियो, जसले आईफोनलाई अघिल्ला प्रोसेसरको तुलनामा ७० प्रतिशत छिटो बनाएको थियो । ब्लुमबर्गको रिपोर्टअनुसार यो वर्षदेखि नयाँ आईफोनमा ए१२ प्रोसेसर राख्न लागिएको छ । योसँगै आगामी सेप्टेम्बरमा आउने भनिएको आईफोन ९ मा यसको प्रयोग हुनेछ । 

यो प्रोसेसर ७–नानोमिटर निर्माण प्रक्रियामा बनाइनेछ । चिप्सको कुरा गर्दा नानोमिटरलाई प्रयोग गरी त्यसको आकारलाई ध्यान दिइन्छ । प्रोसेरहरु चम्किला ट्रान्सिष्टरबाट बनाइएको हुन्छ भने यसले कम्प्युटिंग कार्यमा सहयोग गर्छ । यस्ता ट्रान्सिष्टरहरु धेरै भए प्रोसेसरले पनि चाँडै काम गर्न सक्छ । सोही कारण कम्पनीले सानो स्पेसमा धेरै ट्रान्सिष्टरहरु राख्न लागिपरेका छन् । 

सामसुंग, क्वाल्कोम र हुवावेले पनि यसबारे काम गरिरहेको विश्वास गरिएको छ । सामसुंगले त ७—नानोमिटरका चिप्स बनाउने घोषणा नै गरिसकेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै