चितवनबाट नेपाल कम्युनिष्ट पार्टीको अध्यक्षसहित १७ जनाको प्रतिनिधित्व

खरीबोट

फाइल तस्विर । 

ad

चितवन / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्षसहित चितवनका १७ जनाले केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने अवसर पाएका छन् । 

देशको मध्यभागमा रहेर पनि राजधानीसहित अन्य अवसरबाट वञ्चित जिल्लाबाट सत्तासिन दलमा केन्द्रीय अध्यक्ष र १६ जना सदस्यले प्रतिनिधित्व गर्न पाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

तत्कालीन नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज ईश्वरी भट्टराईका अनुसार केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल र नेता रामबहादुर थापा नौ सदस्यीय सचिवालयमा परेका छन  । त्यसैगरी तत्कालीन माओवादी केन्द्रबाट ११ जना र तत्कालीन नेकपा (एमाले)बाट छजनाले केन्द्रमा प्रतिनिधित्व गर्ने अवसर पाएको उनले बताए । 

तत्कालीनको माओवादी केन्द्रबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा, अमिक शेरचन, नारायण दाहाल, डिआर पौडेल, सूर्य सुवेदी, सन्तु दराई, ईश्वरी भट्टराई, रेणु दाहाल, गंगा बेल्बासे र ज्ञानु बस्नेत केन्द्रीय सदस्य बनेको भट्टराईले बताए । 

त्यस्तै तत्कालीन एमालेबाट पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारी, देवी ज्ञवाली, सीता पौडेल, केशवलाल श्रेष्ठ र कृष्ण खनाल केन्द्रीय सदस्य बनेका छन  । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । 

सम्बन्धित समाचार

घुस लिँदालिँदै चितवन मालपोतका कर्मचारी समातिए 

काठमाडौं । चितवन जिल्ला मालपोत कार्यालयमा कार्यरत एक कर्मचारी २५ हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयको टोलीले कार्यालय सहयोगी शंकर धिताललाई पक्राउ गरेको हो ।  उनले

बजेट ३० प्रतिशत समाजवादतर्फ उन्मुख

चितवन / सरकारले मंगलबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷७६ को बजेटप्रति निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएका छन् ।  उनीहरुले विगतको भन्दा पृथक् बजेट आए पनि उद्योग व्यवसायमैत्री बजेट हुन नसकेको प्रतिक्रिया दिएका

चितवनको चेपाङ बस्तीमा दुई छाक खोले फाँडो खानै मुस्किल

चितवन / जिल्लाको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई यतिबेला दुई छाक खान धौ धौ परेको छ । चामलको भात त परको कुरा दुई छाक खोले फाँडो खान पनि मुस्किल भएको

गृहनगर चितवन पुगे सन्दीप 

चितवन । युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेले गृहनगर चितवन पुगेका छन् । आइपिएल खेलेर गत मंगलबार काठमाडौँ आइपुगेका सन्दीप शुक्रबार आफ्नो गृहनगर चितवन पुगेका हुन् । चितवन विमानस्थलमा कुराकानी गर्दै सन्दीपले