• २०८१ बैशाख ६ बिहीबार

मनाङका विद्यालय आवासीयमा रुपान्तरण हुँदै

kharibot

मनाङ / गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको महसुस गर्दै मनाङका विद्यालय आवासीय बन्दै छन् । यस जिल्लामा रहेका चारवटा माविले यस कार्यको अवधारणा ल्याएको हो । 

विद्यालयमा विद्यार्थीको उपस्थिति कम हुने र स्थानीय भन्दा बाहिरी विद्यार्थीले विद्यालय धान्नुपर्ने भएकाले आवासीय बनाउन आवश्यक रहेको लोकप्रिय माविका प्रधानाध्यापक सुरेश थापाले बताए । 

हिमाली जिल्ला भएकाले यहाँका विद्यालयमा विद्यार्थीको संख्या कम हुनु र भौगोलिक विकटताले विद्यार्थीलाई विद्यालयसम्म आउन जान समस्या भएकाले पनि आवासीय विद्यालयको आवश्यकता रहेको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले बताए । 

चामे गाउँपालिकाअन्तर्गत रहेको लोकप्रिय मावि आवाशीय विद्यालय भइ सकेको छ । अरु तीन विद्यालय निस्याङ गाउँपालिकाअन्तर्गत रहेको अन्नपूर्ण मावि नाँसो गाउँपालिकाअन्तर्गत रहेका प्रकाश ज्योति र भनु मावि तयारीमा रहेको शिक्षा समन्वय एकाइले जानकारी दिएको छ । 

यस जिल्लामा रहेका केही विद्यालय विद्यार्थीविहीन भएको र विद्यालयलाई आवासीय बनाएर भौगोलिक विकटताबाट विद्यालय पहुँच नपुगेको अवस्थामा आवासीय विद्यालयले टेवा पु¥याउने हेतुले विद्यालयलाई आवासीय अवधारणा ल्याइएको शिक्षा समन्वयन एकाइले बताएको छ । 

कुनै ठाउँमा विद्यार्थी नहुने त कुनै ठाउँमा शिक्षकको अभाव भएकाले विद्यालय मर्ज गरी आवासीय बनाउँदा दुवै समस्याको समाधान हुने हुँदा यसको अवधारणा बनाई अगाडि बढेको नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए  । 

शिक्षा क्षेत्रमा मनाङको चारवटै गाउँपालिकामा आमूल परिवर्तन गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले आवासीय विद्यालयको अवधारणालाई अगाडि बढाएको शिक्षा समन्वयन एकाइ मनाङले बताएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै