• २०८१ बैशाख ८ शनिबार

भक्तपुर नगरपालिकामा दश महिनामा एकानब्बे करोड आम्दानी

kharibot

भक्तपुर / भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०७४÷७५ को १० महिनाको अवधिमा ९१ करोड १५ लाख १९ हजार आम्दानी गरेको छ । 

यस अवधिमा नगरपालिकाले ७८ करोड १२ लाख दुई हजार खर्च गरेको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । 

गत २०७४ साल असार अन्तिममा प्रथम नगरसभाले चालू आवका लागि कूल एक अर्ब ५ करोड ५५ लाख बजेट पारित गरेको थियो । नगरपालिकाले ‘देकोमिवा इटापाके आवास योजना’को लागि पुनःनिर्माण प्राधिकरणसँग १० करोड ऋण लिएर त्यसलाई पनि आम्दामीमै राखेको छ । 

नगरपालिकाले सञ्चालन गरेको ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, शारदा कलेज र जनस्वास्थ्य सेवा केन्द्रका लागि  ४१ करोड खर्च गर्ने भएको छ । 

ख्वप बहुप्राविधिक अध्ययन संस्थानका लागि चालू आवमा  छ करोड ४८ लाख ७८ हजार खर्च गर्ने लक्ष्य लिएकामा गत चैत मसान्तसम्म  तीन करोड ९३ लाख खर्च गरेको नगर प्रमुख प्रजापतिले बताए । नगरपालिकाले चालू आवभित्र सरसफाइका लागि छ करोड ५० लाख खर्च गर्ने लक्ष्य राखेको छ । 

विकास निर्माणतर्फ  ३१ करोडको बजेट विनियोजन गरेकामा प्रत्येक वडा कार्यालयलाई  ५० लाखका दरले बजेट वितरण गरेको नगर प्रमुख प्रजापतिले बताए । विकासका साना काम वडा कार्यालय आफैँलाई गर्न बजेटसहितको अधिकार दिइएको छ । 

गत आवमा आन्तरिक आयतर्फ २१ करोड ५० लाख ५४ हजार संकलन गरेको नगरपालिकाले चालू आवमा २६ प्रतिशतले वृद्धि गरी  २७ करोड नौ लाख १५ हजार आम्दानी गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै