• २०८१ बैशाख ७ शुक्रबार

आयल निगमका ट्यांकरमा लकिङ प्रणालीः परिणाम र गुणस्तर सुधार

kharibot

काठमाडौँ । गत फागुनदेखि ३० गतेदेखि पेट्रोलियम पदार्थ आयात हुने ट्यांकरमा लकिङ प्रणाली (विशेष किसिमको तल्चा) लगाउन सुरु गरेको नेपाल आयल निगमले भारतका विभिन्न डिपोबाट आयात हुने लगभग सबै ट्यांकरमा लकिङ प्रणाली लागू गरेको छ । 

भारतीय आयल कर्पोरेशन (आइओसी)ले निःशुल्क उपलब्ध गराएका विशेष किसिमका ताल्चाबाट अहिले नेपाल आयल निगमले भारतका डिपोबाट पेट्रोलियम पदार्थ ल्याउँदा यस्ता ताल्चाहरु प्रयोग गर्दै आएको छ । 

नेपाल आयल निगमका प्रवक्ता विरेन्द्रकुमार गोइतले भारतको बैरेनी र बन्थरा डिपोबाट आउने ट्यांकरबाहेक अन्य डिपोबाट आउने ट्यांकरमा लकिङ प्रणाली सुरु गरिसकेको जानकारी दिए । 

उनले भने, ‘हामीले ८ देखि १० दिनभित्र बैरेनी देखि विराटनगर र जनकपुरसम्म आउने ट्यांकरमा लकिङ प्रणाली जडान गर्नेछौँ, बन्थरबाट आउने ट्यांकरमा भने केही समय लाग्ने छ ।’ उनका अनुसार अहिले सिलगुढी– झापा, बेतालपुर– भैरहवा, गोण्डा– नेपालगञ्ज, रक्सौल– काठमाडौं, पोखरा, विरगञ्जमा आउने ट्यांकरमा लकिङ प्रणाली जडान गरिएको छ । भारतका डिपोबाट नेपाल ल्याउने ट्यांकरमा पेट्रोलियम पदार्थ लोड गरेलगत्तै लकिङ प्रणाली जडान गरिन्छ । 

ती चाबीहरु नेपालका सम्बन्धीत डिपोमा आएपछि मात्रै खोलिने भएकोले पहिला देखिदैं आएको चोरी, चुहावट तथा गुणस्तर जस्ता महत्वपूर्ण विषयहरु अहिल नियन्त्रण भएको नेपाल आयल निगमको दाबी छ । नेपाल आयल निगमसँग रहेका १८ ट्यांकरबाट अहिले नेपालमा पेट्रोलियम पदार्थ आयात हुँदै आएको छ । ती सबै ट्यांकरमा निगमले लकिङ प्रणाली जडान गर्ने गरी गृहकार्य अघि बढाएअनुसार अहिले करिब ९० प्रतिशत ट्यांकरमा लकिङ प्रणाली जडान गरिएको निगमले जनाएको छ । 

निगमका प्रवक्ता गोइतले पहिला पेट्रोलियम पदार्थ आयातका क्रममा देखिएका समस्याहरु नदेखिएको जानकारी दिए । उनले लकिङ प्रणाली जडान गरी पेट्रोलियम पदार्थ आयात गरेपछि पेट्रोलियम पदार्थको परिणाम र गुणस्तर सुनिश्चित भएको दाबी गरे । विगतमा पेट्रोलियम पदार्थको चोरी निकासीमै निमगका पदाधिकारीहरु नै संलग्न रहेको र पेट्रोलियम पदार्थमा मिसावटजस्ता कुराहरु उठ्दै आएका थिए ।

यस्तै यस गलत अभ्यासलाई नियन्त्रण गर्नका लागि निगमले भारतीय आयल निगमको सहयोगमा लकिङ प्रणाली जडान गरी कार्यान्वयनमा ल्याएको छ । नेपाल आयल निगमले विगत दुई वर्षदेखि सुरु गर्ने भनेको यो प्रणाली विगत दुई महिनादेखि कार्यान्वयनमा आएको छ । 

   

   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै