• २०८१ बैशाख १३ बिहीबार

सलिनमानको ‘यात्रा : अ म्युजिकल भ्लग’  को छायाँकन सुरु

kharibot

काठमाडौँ । फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’  को छायाँकन सुरुभएको छ । 

राजधानी स्थित गणेश मन्दिरमा पुजा गर्दै शुभ मुहुर्त गरिएको फिल्मको नियमित छायाँकन आज अर्थात् जेठ १० गतेबाट सुरु भएको छ । मुहुर्तसँगै फिल्मको केहि छायाँकन गरिएको भएता पनि नियमित छायाँकन भने जेठ १० बाट सुरु भएको हो । पहिलो दिन फिल्मको टाइटल गीतको छायाँकन गर्दै टोलि सोलु निस्किएको छ । 

राजधानीबाटै सुरु गीतको छायाँकनमा यात्रालाई देखाइनेछ भने यो सोलुमा पुगेर सकिनेछ । यस गीतमा प्रतिक पौडेलको शब्द र संगीत रहेको छ भने गयानमा भने प्रतिकलाई धर्मेन्द्र सेवान र प्रेक्षा बज्राचार्यले साथ दिएकी छिन । फिल्म युनिट गीत छायाँकन गर्दै सोलु पुग्नेछ भने त्यहाँ झन्डै ३ साता फिल्मको छायाँकन हुनेछ । सोलुको जुनबेसी , फाप्लो , सल्लेरी र पताले लगायतका रमणीय दृश्यमा फिल्को छायाँकन गरिनेछ । 

फिल्ममा सलिनमान बनिया , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ । 

यसैफिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दैछिन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ ।

सम्राट शाक्यको कथा तथा निर्देशन रहने फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गर्दैछन । 

दुई दशक अगाडी सहायक निर्देशक भइ यसक्षेत्रमा भित्रिएका सम्राटले मुख्य सहायक निर्देशक भइकाम गरेको फिल्महरु के यो मायाहो , मेरो लभ स्टोरी , कोहि मेरो , नोभेम्बर रेन , होमवर्क , छक्का पञ्जा , ऐश्वर्य , कृ लगायत चर्चामा थिए । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव र सुशीलसँगै मुक्ति तिम्सिना र धर्मराज अधिकारी निर्माता रहेका छन् ।  

फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिकपौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिच्नेछन् । फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहनेछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहनेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै