काठमाडौँ । अब यस सिजनको आइपिएल सकिन थालेको छ । एक टिमम फाइनलमा पुगेको छ ।
अब दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र कोलकोता नाइटराइडर्स खेल्ने भएका छन् । यस खेलका विजयी टिमले यस सिजनको आइपिएलको फाइनल खेल चेन्नई सुपरकिंग्ससँग हुने भएको छ ।
यस सिजनमा कैयौ ठुलो हस्तीहरुले आफ्नो क्षमता अनुसार प्रदर्शन गर्न सकेनन् । ब्याट्सम्यानहरुले रन बनाउन सकेनन् भने बलरहरुले धेरै रन दिएका छन् । यसै क्रममा यस आइपिएलमा एक खेलको पारीमा धेरै रन दिने ५ बलरको चर्चा गरौ ।
यस सुचिमा सनराइजर्स हैदरावादका भारतीय बलर बसिल थम्पीले ४ ओभरमा धेरै रन दिएको रेकर्ड बनाएका छन् । थम्पीले रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको खेलमा सर्वाधिक ७० रन दिएका छन् । उनले सो खेलमा कुनै विकेट लिएका थिएनन् ।
यस सुचिमा दोस्रो स्थानमा रोयल च्यालेन्जर्स बैंगलोरका भारतीय बलर उमेश यादवले राजस्थान रोयल्सविरुद्धको खेलमा ४ ओभरमा ५९ रन दिएका थिए ।
त्यस्तै यस सुचिमा तेस्रो स्थानमा पनि भारतीय बलर नै रहेका छन् । कोलकोता नाइटराइडर्सका बलर शिवम माभीले दिल्ली डेयरडेभिल्सविरुद्ध ४ ओभर बलिङ गर्दै ५८ रन दिएर एक विकेट लिएका थिए ।
त्यस्तै यस सुचीको चौथो स्थानमा रोयल च्यालेन्जर्स बैंगलोरबाट खेल्ने न्युजील्याण्डका बलर कोरी एन्डरसनले चेन्नई सुपरकिंग्सविरुद्ध ३.४ ओभर बलिङ गर्दै ५८ रन बनाएका थिए ।
त्यस्तै यस सुचिमा पाचौ स्थानमा दुई जना रहेका छन् । मुम्बईका बंगलादेशी बलर मुस्ताफिजुर रहमानले रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध र सनराइजर्स हैदरावादका अफगानिस्तानी बलर राशिद खानले ४-४ ओभर बलिङ गर्दै ५५ रन दिएका थिए ।