यस सिजनको आइपिएलका महंगा ५ बलर, जसले लुटाए एक खेलमा यति धेरै रन 

खरीबोट

काठमाडौँ । अब यस सिजनको आइपिएल सकिन थालेको छ । एक टिमम फाइनलमा पुगेको छ ।

अब दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र कोलकोता नाइटराइडर्स खेल्ने भएका छन् । यस खेलका विजयी टिमले यस सिजनको आइपिएलको फाइनल खेल चेन्नई सुपरकिंग्ससँग हुने भएको छ ।  

यस सिजनमा कैयौ ठुलो हस्तीहरुले आफ्नो क्षमता अनुसार प्रदर्शन गर्न सकेनन् । ब्याट्सम्यानहरुले रन बनाउन सकेनन् भने बलरहरुले धेरै रन दिएका छन् । यसै क्रममा यस आइपिएलमा एक खेलको पारीमा धेरै रन दिने ५ बलरको चर्चा गरौ ।

यस सुचिमा सनराइजर्स हैदरावादका भारतीय बलर बसिल थम्पीले ४ ओभरमा धेरै रन दिएको रेकर्ड बनाएका छन् । थम्पीले रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको खेलमा सर्वाधिक ७० रन  दिएका छन् । उनले सो खेलमा कुनै विकेट लिएका थिएनन् ।

यस सुचिमा दोस्रो स्थानमा रोयल च्यालेन्जर्स बैंगलोरका भारतीय बलर उमेश यादवले राजस्थान रोयल्सविरुद्धको खेलमा ४ ओभरमा ५९ रन दिएका थिए ।

त्यस्तै यस सुचिमा तेस्रो स्थानमा पनि भारतीय बलर नै रहेका छन् । कोलकोता नाइटराइडर्सका बलर शिवम माभीले दिल्ली डेयरडेभिल्सविरुद्ध ४ ओभर बलिङ गर्दै ५८ रन दिएर एक विकेट लिएका थिए ।

त्यस्तै यस सुचीको चौथो स्थानमा रोयल च्यालेन्जर्स बैंगलोरबाट खेल्ने न्युजील्याण्डका बलर कोरी एन्डरसनले चेन्नई सुपरकिंग्सविरुद्ध ३.४ ओभर बलिङ गर्दै ५८ रन बनाएका थिए ।

त्यस्तै यस सुचिमा पाचौ स्थानमा दुई जना रहेका छन् । मुम्बईका बंगलादेशी बलर मुस्ताफिजुर रहमानले रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध र सनराइजर्स हैदरावादका अफगानिस्तानी बलर राशिद खानले ४-४ ओभर बलिङ गर्दै ५५ रन दिएका थिए ।   
 

सम्बन्धित समाचार

आइपिएलमा सट्टेबाजी गर्ने नागराज जेल चलान 

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट(आईपीएल) मा सट्टेबाजी  खेलाउने भन्दै विभिन्न व्यक्तिलाई ठग्ने नागराज, अमृत भनिने नथमल अग्रवाल जेल चलान भएका छन् । महोत्तरी घर भएका राकेश सिंहलगायतका व्यक्तिसँग उनले आईपीएलमा

आइपिएलका विस्फोटक ब्याट्सम्यान रिसभ पन्त भारतीय टेस्ट टिममा, रोहित शर्मा परेनन्

नयाँदिल्ली । भारतका विस्फोटक ब्याट्सम्यान रोहित शर्मा इङल्याण्डविरुद्धको पहिलो तीन टेस्टमा टिममा पर्न असफल भएका छन् ।  आगामी अगस्त एकबात सुरु हुने टेस्ट खेलका लागि घोषणा गरिएको १८ सदस्यीय टिममा

अरबाज खानले आइपिएलमा सट्टा लगाएको स्वीकारे, सट्टामा २.७५ करोड हारेको खुलासा 

मुम्बई । बलिवुडका सुपरस्टार सलमान खानका भाई अरबाज खानले प्रहरीसमक्ष आफुले आइपिएलमा सट्टा लगाउने गरेको बयान दिएका छन् । प्रहरीले आइपिएलमा भारत र भारत बाहिर सट्टा लगाउने ठुलो गिरोहलाई पक्राउ गरेपछि

सलमानका भाई अरबाज खान आइपिएल सट्टा प्रकरणमा, प्रहरीले बयानका लागि बोलायो

मुम्बई । आइपिएलमा सट्टा लगाएको आरोपमा बलिवुडका सुपरस्टार सलमान खानका भाई अरबाज खानलाई प्रहरीले बयानका लागि पत्र काटेको भारतीय मिडियाले उल्लेख गरेका छन् । प्रहरीले आइपिएलमा भारत र भारत बाहिर सट्टा