एमबिबिएसका लागि एकीकृत प्रवेश परीक्षा सञ्चालनका लागि पहल

खरीबोट
ad

काठमाडौँ । सरकारले चिकित्सा शिक्षाको स्नातक तहमा एकीकृत प्रवेश परीक्षा सञ्चालनबारे तत्काल स्पष्ट कार्ययोजना ल्याउन सम्बन्धित विश्वविद्यालयलाई निर्देशन दिएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा सुधारका लागि एकीकृत परीक्षा सञ्चालन अत्यावश्यक भएकाले त्यसका लागि तयारी र समन्वय गर्न सम्बन्धित विश्वविद्यालयका पदाधिकारीलाई बुधबार मन्त्रालयमा बोलाई निर्देशन दिएका हुन् । वरिष्ठ चिकित्सक डा गोविन्द केसीको अनशन र आन्दोलनपछि सरकारले आयोग गठन गरी सुधारका पहल गरेको हो । 

शिक्षामन्त्री पोखरेल र शिक्षा सचिव खगराज बरालको उपस्थितिमा आज मन्त्रालयमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थराज खनियाँ, काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ मकाजू, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजकुमार रौंनियार, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति भरतकुमार यादवलगायतको उपस्थितिमा सम्पन्न बैठकमा एकीकृत प्रवेश परीक्षा, चिकित्सा शिक्षाको शुल्क र सिट तथा छात्रवृत्ति निर्धारण गर्न पनि ठोस कदम चाल्न निर्देशन दिइएको छ । सो तहमा वार्षिक करिव १२ हजार विद्यार्थीले प्रवेश परीक्षा दिने गरेका छन् । 

“अहिले चिकित्सा शिक्षा आयोगको संस्थागत क्षमता विकास भइसकेको छैन । आयोगले पूर्णता पनि पाएको छैन भन्दै मन्त्री पोखरेलले भने, ‘यस स्थितिमा सरकारले अध्यादेशको कार्यान्वयनका लागि पहल गरेको हो । यसमा सम्बन्धित विश्वविद्यालयसँग परामर्श भएको छ । प्राप्त सुझावका आधारमा चाँडै ठोस निर्णय हुनेछ ।’ 

चिकित्सा शिक्षा आयोगको सुझावबमोजिम चिकित्सा शिक्षा अध्यादेशमा व्यवस्था गरिएको उक्त एकीकृत प्रवेश परीक्षा सञ्चालनका लागि हालसम्म कुनै निर्णय हुन सकेको छैन ।
 

सम्बन्धित समाचार

‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ लाई सर्वसम्मतले स्वीकृत गरेको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यसअघि बैठकमा उक्त प्रस्ताव प्रस्तुत गर्दै चिकित्सा शिक्षा

पाकिस्तानले चिकित्सा शिक्षाका लागि सिट संख्यामा वृद्धि गर्ने

काठमाडौँ  ।  राष्ट्रपति विद्यादेवी भण्डारी र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच नेपाल र पाकिस्तानको सम्बन्ध तथा आपसी हित र चासोका विविध विषयमा आज विचारविमर्श भएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा भएको

चिकित्सा शिक्षा अध्यादेशः जथाभावी शुल्क लिने शिक्षण संस्थाको सम्बन्धन खारेज हुने

काठमाडौँ ।  ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ जारी भएसँगै निर्धारितभन्दा बढी शुल्क लिने चिकित्सा अध्ययन शिक्षण संस्थाको वा सो संस्थाको कुनै एक वा सोभन्दा बढी शैक्षिक कार्यक्रमको सम्बन्धन खारेज हुनेछ ।  आज जारी

राष्ट्रपतिद्वारा चिकित्सा शिक्षा अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ जारी गरीन् ।  मन्त्रिपरिषद्बाट यही कात्तिक ६ गते सिफारिश भएको उक्त अध्यादेश राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १०