मोदी गाउँपालिकाको केन्द्र परिवर्तन गर्न सिफारिश

खरीबोट
ad

पोखरा । प्रदेश नं ४ को बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पर्वतको मोदी गाउँपालिकाको केन्द्र परिवर्तनका लागि सिफारिश गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी गराउँदै प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले मोदी गाउँपालिका वडा नं २ स्थित साविक देउपुर गाविसको कार्यालयमा रहेको केन्द्रलाई देउपुरकै पातीचौरमा सार्ने गरी दुईतिहाई गाउँपालिका सदस्यबाट प्रमाणित भएर आएकोमा त्यसलाई केन्द्रमा सिफारिश गरी पठाउने निर्णय गरेको बताए ।

त्यस्तै, बैठकले प्रादेशिक दुग्ध विकास बोर्ड गठन विधेयक प्रदेशसभामा पठाउने निर्णय गरेको बताउँदै उनले यसले दुग्ध क्षेत्रको विकास गर्ने विश्वास व्यक्त गरे ।  मन्त्री बस्नेतका अनुसार बैठकले आर्थिक कार्यविधि ऐन, २०७४ का विभिन्न चारवटा बुँदामा संशोधन गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा सरकारले ल्याउने आगामी बजेट, आसन्न गणतन्त्र दिवसलगायत विषयमा छलफल भएको उनले बताए ।

सम्बन्धित समाचार

प्रदेश ४ मा राजश्व र व्ययको वार्षिक अनुमान विषयक छलफल

पोखरा / प्रदेश नं ४ को प्रदेशसभा बैठकमा असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रस्तुत गरेका आव २०७५÷७६ को राजश्व र व्ययको वार्षिक अनुमानका सम्बन्धमा आइतबारदेखि

प्रदेश ४ को नीति तथा कार्यक्रम बहुमतले पारित

पोखरा । प्रदेश नं ४ को आज बसेको बैठकले प्रदेश सरकारको २०७५÷०७६ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ ।  प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रमलाई पारित गरियोस् भन्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राखेकको उक्त

काँग्रेसले अवरोध गरेपछि मार्सल लगाएर प्रदेशसभा बैठक सञ्चालन

पोखरा । प्रदेश नं ४ को आइतबार बसेको प्रदेशसभा बैठक प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरोध गरेपछि मार्सल लगाएर सञ्चालन गरिएको छ ।  प्रदेशसभामा पहिले टेबुल भएका विधेयक र प्रस्ताव पहिले नै छलफल

प्रदेश ४ को प्रदेशसभा प्रतिपक्षी दल काँग्रेसद्वारा अवरोध

पोखरा । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरोध गरेको छ ।  बैठकको शुरुमा नै प्रदेशसभामा पहिले टेबुल भएका विधेयक र प्रस्ताव पहिले नै छलफल गरी