• २०८१ बैशाख ८ शनिबार

राजस्थानलाई हराउदै कोलकोता आइपिएलको दोस्रो क्वालिफायरमा

kharibot

काठमाडौँ । कोलकोता नाइटराइडर्स आइपिएलको दोस्रो क्वालिफायरमा पुगेको छ ।

गएराती भएको खेलमा राजस्थानलाई २५ रनले पराजति गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । कोलकोताले अब दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादसँग प्रतिष्पर्धा गर्ने छ ।

कोलकोताले दिएको १७० रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ४ विकेट गुमाउदै १४४ रन मात्र बनाएपछि खेल २५ रनले हारेको हो ।

राजस्थानका लागि संजु सामसनले सर्वाधिक ५० रन बनाएका थिए भने अजिख्य रहानेले ४६ र राहुल त्रिपाठीले २० रन बनाएका थिए ।

राजस्थानलाई रोक्न कोल्कोट का बलरले किफायती बलिङ गरेका थिए । कोलकोताका बलर पियुष चावलाले २ विकेट लिए भने कुलदिप यादवले ४ ओभर बलिङ गर्दै केबल १८ रन दिएर एक विकेट लिएका थिए । त्यस्तै प्रसिद कृष्ण रले पनि एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ७ विकेट गुमाउदै १६९ रन बनाएको थियो । कोलकोताका लागि कप्तान दिनेश कार्तिकले सर्वाधिक ५२ रन बनाए भने आन्द्रे रशेलले ४९ रन बनाएका थिए । त्यस्तै शुभम गिलले २८ र क्रिस लिनले १८ रन बनाएका थिए ।

राजस्थानका ग्वोथाम, आर्चर र लघलिनले २-२ विकेट लिएका थिए ।त्यस्तै श्रेयस गोपालले एक विकेट लिएका थिए ।

कोलकोताका आन्द्रे रशेल खेलको म्यान अफ द म्याच बनेका थिए ।

अब दोस्रो क्वालिफायर खेल आगामी शुक्रबार कोलकोता र हैदरावादबीच नेपाली समय अनुसार साँझ सवा ७ बजे हुने छ । यस खेलको विजेताले यस सिजनको आइपिएलको उपाधिका लागि चेन्नई सुपरकिंग्ससँग प्रतिष्पर्धा गर्ने छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै