• २०८१ बैशाख १२ बुधबार

सेती नदीले बगाएर एकको मृत्यु, अर्का एक बेपत्ता

kharibot

फाइल तस्बीर

दमौली, तनहुँ ।  सेती नदीले बगाएर आज एक वृद्धको मृत्यु भएको छ । 

मृत्यु हुनेमा व्यास नगरपालिका– ५ कन्टार बस्ने ७३ वर्षीय भीमबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

घरबाट नुहाउन जान्छु भनी हिँडेका विकको नदीले बगाएर मृत्यु भएको हो । विकको शव बिसघरेको गुम्बा नजिकै तैरिएको अवस्थामा भेटिएको थियो । 

यसैगरी, व्यास नगरपालिका– १३ बेलवासस्थित न्यूरोघारी नजिकैबाट आज सेती नदीमा खसेर एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा २७ वर्षीय मीनबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।

ढुँगामा बसेर बल्छी खेल्दै गरेका गुरुङ एक्कासी खसेर सेती नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुने ती युवकको खोजी भइरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै