• २०८१ बैशाख ६ बिहीबार

नेपालले बंगलादेशलाई हरायो

kharibot

फाइल तस्बिर

काठमाडौँ। नेपाल भलिबल संघले आयोजना गरेको मैत्रीपूर्ण भलिबल खेलमा नेपालले बंगलादेशलाई पराजित गर्दै विजयी भएको छ । 

ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा बुधबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपालले ३–२ सेटले पराजित गरेको हो । यसअघि हिजो भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३–१ सेटमा पराजित गरेको थियो । 

पहिलो सेटमा १९–२५ पराजय भोगेको नेपालले दोस्रो सेट २५–२२ को आफ्नो पक्षमा पा¥यो । त्यसपछिको तेस्रो सेट भने नेपाल बंगलादेशसँग २०–२५ ले पराजित भएपनि चौथो र पाँचौ सेट आफनो पक्षमा पा¥यो । नेपालले बंगलादेशलाई चौथो सेट २५–२२ र अन्तिम सेट १५–८ ले हराउँदै नेपालको जित पक्का भयो । 

सरकारले भलिवललाई राष्ट्रिय मान्यता दिएपछि मैत्रीपूर्ण खेलको आयोजना गरिएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै