• २०८१ बैशाख ७ शुक्रबार

मुक्तिनाथ विकास बैंकले कृषि क्षेत्रमा लगानी विस्तारको लागि आइडीइ नेपालसँग सहकार्य

kharibot

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले कास्की, स्याङ्गजा र पाल्पा जिल्लाका किसानहरुलाई कृषि क्षेत्रमा लगानी विस्तारको लागि आइडीइ नेपालसँग सहकार्य गरेको छ ।

सो सम्बन्धी सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र आइडीइ नेपालको तर्फबाट कन्ट्री निर्देशक डा. लुके कोलाभिटोले दस्तखत गरेका  छन् । 

यस सम्झौता बमोजिम आइडीइ नेपालले सो क्षेत्रका किसानहरुलाई प्राविधिक तालिमहरु प्रदानगर्ने र मुक्तिनाथ विकास बैंकले कृषि सम्बन्धी लघु कर्जा प्रदानगर्ने छ । यस कार्यक्रमबाट किसानहरुको प्राविधिक ज्ञान र सीपमा अभिबृद्धि हुनुको साथै आय बृद्धिमा टेवा पुग्ने अपेक्षा बैंकले गरेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै