इटहरीमा बस दुर्घटना हुँदा एकको मृत्यु

खरीबोट

इटहरी । सुनसरीको धरानबाट इटहरी हुँदै पश्चिम सिराहाका लागि हिँडेको ना४ख ४२५८ नंको बस इटहरी–४ हलगडामा आज दिउँसो दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ । उक्त घटनामा अन्य १६ जना यात्रु सामान्य घाइते भएका छन् । 

पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार उक्त दुर्घटनामा सोही बसमा यात्रारत सिरहा नगरपालिका– १९ का ६५ वर्षीय रामआशिष यादवको घटनास्थलमा नै मृत्यु भएको छ । बस दुर्घटनामा सामान्य घाइते भएका सबै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि घर फर्किसकेको पनि ट्राफिक प्रहरीले जानकारी दिएको छ । 

घटनामा परी मृत्यु भएका यादवको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । दुर्घटनामा परेका बसका चालक सिरहा नगरपालिकाकै ३२ वर्षीय गङ्गाराम महतोलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार

 चितवनमा गएराती ट्रकको ठक्करबाट दुईको मृत्यु

चितवन। गए राति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।  भरतपुर महानगरपालिका–११ बाइपासरोडमा ना६ख १८४८ नं को ट्रकले ठक्कर दिँदा दुई पुरुषको मृत्यु भएको हो । वीरगञ्जबाट इँटा बोकेर काठमाडौँतर्फ

काठमाडौँको तिनकुनेमा बसको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु

काठमाडौँ। काठमाडौँको तिनकुने सडक खण्डमा आज बसको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुरमा पछाडी सवार काठमाडौको सिनामंगल बस्ने ६८ वर्षीया सानु गिरी रहेकी छिन्

दुर्घटनामा धेरै दुइपाङ्ग्रे चालकको मृत्यु

काठमाडौँ  /  काठमाडौँ उपत्यकामा सवारी साधनको दुर्घटनामध्ये मोटरसाइकल र स्कुटर चालकको धेरै ज्यान जाने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष ०७४÷७५ मा मोटरसाइकल र स्कुटर दुर्घटनामा १११

नाइल नदीमा डुङ्गा दुर्घटना हुँदा २२ बालबालिकाको मृत्यु

सुडान। सुडानको राजधानी खार्तुमबाट उत्तरमा रहेको नाइल नदीमा डुङ्गा दुर्घटना हुँदा स्कुल जाँदै गरेका कम्तीमा २२ जना बालबालिका डुबेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।  सुना समाचार संस्थाका अनुसार, दुर्घटनामा डुङ्गा चढेकी